कोरोना त्राससँगै जुम्लामा कक्षा ११ को परीक्षा सुरु

???????????????????

रामप्रकाश विक गुठिचौर ।

कोरोना त्राससँगै कक्षा ११ को परीक्षा सुर भएको छ । परीक्षा बोर्डले तीन घण्टाको प्रश्नपत्र हुनेगरी कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा दिन पुगेका विधार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेपछि हलमा प्रवेश गराइएको छ। त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको परिक्षा संचालन भएको छ ।

गोठिचौर गाँउपालिका वडा नम्बर ५ रहेको त्रिभुवन माध्यमिक बिधालयमा ६८ जना कक्षा एघारमा अध्यनरत बिद्यार्थी मध्य ७ जना अनुपस्थित भएको र ६१ जना विद्यार्थी सहभागी रहेको परिक्षा संयोजक तथा प्रधानाध्यापक अरजुन जुङग शाहीले जानकारी दिनु भएको छ । त्रिभुवन माध्यमिक बिद्यालयमा संचालन भएको कक्षा एघारको परिक्षामा ३८ केटा र केटी २४ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक शाहीले बताएका छन् ।

संक्रमण दर धेरै नरहेको जुम्लामा पनि परीक्षा दिन पुगेका विधार्थीलाई मास्क, सेनिटाइजर, शरीरको तापक्रम जाँच गरेर परीक्षा दिन लगाइएको छ । कोरोनाबाट बच्न र बचाउनका लागि परीक्षा हलमा जानुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाइएको त्रिभुवन माध्यमिक विध्यालयका प्रधानाध्यापक अरजुन जंङग शाहिले बताउनु भएको छ ।

विधार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोगपछि मात्रै परीक्षा सुरु गरिएको प्रअ शाहीले जानकारी दिनुभएको छ ।
कोरोनाका कारण लामो समयसम्म भएको लकडाउन बिदाले नियमित विद्यालय जान नपाएका विधार्थी परीक्षा दिइरहेको लेखा प्रमुख राजेन्द्र भण्डारीले बताएका छन् ।

एकातिर कोरोनाको त्रास छ भने अर्कातिर नियमित पढ्न नपाइ परीक्षा दिँदा अन्यौल भएको त्रिभुवन माविमा अध्यनरत विधार्थी तिर्सना बुढाले बताएकि छ्न । जुम्लाको गोठिचौर गाउपालिकाम १ वटा विद्यालयमा ११ र १२ को पढाइ हुनाका साथै सोही विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

सम्बन्धित विद्यालयले आफ्नो अनुकुलता अनुसार परीक्षा संचालन गरेको त्रिभुवन माध्यमिक विद्यालय जुम्लाका निमित्त प्रधानाध्यापक राम्जी खत्रीले बताएउनु भयो । त्रिभुवन विद्यालयमा बुधबारबाट परीक्षा सुरु भएका हो ।

साधारणतिरका विधार्थीभन्दा पनि प्राविधिक धारतिरकालाई परीक्षामा बढी समस्या भएको छ । कोर्ष पुरा नै नभइ परीक्ष दिनुपर्दा विधार्थीमा अन्यौलता छाएको हो । कोरोनाले गर्दा विधार्थीको भविश्य के हुने भन्ने विषयमा अभिभावकलाई समेत चिन्ता बढेको छ ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस