रामप्रकाश विक
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल अखिल ट्रेड युनियन र अनेरास्ववियुको एकै थलोमा सम्मेलन सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन र अनेरास्ववियु(क्रान्तिकारी) जुम्लाको दोस्रो गाउँपालिका सम्मेलन ‘सम्पुर्ण प्रगतिशील देशभक्ति बामपंथी तथा जनतन्त्रिक विद्यार्थी एकजुट हौ , अखिल ट्रेड युनियनले भने ‘ संसारका सम्पुर्ण मजदुर एक होऔ, भन्ने नाराका साथ गोठिचौर गाँउपालिकाम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भवानी प्रशाद अधिकारीले बिगतका हरेक क्रान्ति र आन्दोलनमा बिध्यार्थीले अग्र र अहम भुमिका खेलेको वताए । उनले एकीकृत जनक्रान्तिमा आफ्नो संगठनले अहम भूमिका खेल्दै आएको वताउँदै आगामी दिनमा समेत संगठनको भूमिका कमजोर हुन नदिन सबैलाई कार्यक्रमबाटै अनुरोध गर्नु भएको छ । नयाँ अनेरास्ववियु (क्रान्तिकारी) गाउँपालिका स्तरीय समितिलाई सुखद सुदृढीकरणको शुभकामना दिनु भएको छ ।
अधिकारिले, ‘क्रान्तिका कथित नायकहरुले अहिलेसम्म विध्यार्थीलाई धोका मात्र दिएका छन । धोका दिनेका बिरुद्ध आन्दोलनमा उत्रनु पर्छ र बैज्ञानिक समाजवादी शिक्षा र बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आन्दोलनमा अहम भुमिका खेल्नु पर्छ उहाँको भनाइ छ ।
विशेष अतिथिको रुपमा आफ्ना भनाइ राख्दै नेकपा जुम्ला जिल्ला इञ्चार्ज तथा गोठिचौर गाँउपालिका अध्यक्ष हरि भहादुर भण्डारीले हेर्दा सामान्य जस्तो लाग्न सक्ने भएपनि जनताको अवस्था कहालीपूर्ण भएको वताए । उनले गाँस, बाँस, कपास,स्वास्थ्य, शिक्षा, रोजगारी पाउनु जनताको नैसर्गिक अधिकार भएको दाबी गरेका छ्न । शिक्षा,न्याय, रोजगार लगायतका हरेक कुरामा राज्यले जनता माथि विभेद नगरेको बताएका छन । गाँउपालिका अध्यक्ष भण्डारीले अवस्थालाई परिवर्तन गरि न्यायपूर्ण समतामुलक बैज्ञानिक समाजवाद स्थापना गर्नु अति आवश्यक भएको बताउनु हुदै नयाँ गाउँपालिका स्तरीय गठन समिति सबैलाई यो समिति हरुले राम्रो काम गर्न सुझाउदै शुभकामना दिनु भएको छ ।
नेकपा जुम्लाका अनेरास्ववियु केन्द्रिय सदस्य दमन सिहं रोकयाले एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजवाद स्थापना गर्न विध्यार्थीहरुले अहम भुमिका खेल्नु पर्ने सुझाव दिए । शिक्षाको बिकास भएको छ ,या छैन अब को अनेरास्ववियु संगठनले बुझ्न् पर्ने बताएका छ्न । आफ्नो हक र अधिकार मागेर नपाइने खोसेर लिनुपर्ने बताए ।
समाजर रास्ट्र्लाइ परिवर्तन गर्न पाटिका सबै पाटी पंक्ति लाग्नु पर्ने नेकपा जिल्ला सदस्य सुर्यश भण्डारीले बताए छन । पाटिमा भएको समस्यालाई पाटी भित्र बहस गर्ने सबैलाई सुनाएका छ्न ।
अनेरास्ववियु क्रान्तिकारीका युवा अम्मर परियारले सडेगलेको विभेदपूर्ण दोहोरो शिक्षा प्रणाली खारेज गरेर बैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नु नै संगठनको मुख्य उद्देश्य रहेको वताए ।
कार्यक्रममा उक्त संगठनका केन्द्रीय सदस्य दमन सिहं रोकाय , पाटि गाउँपालिका इन्चार्ज लोकेश रावल, अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य रेमेश शाही, पाटी जिल्ला सदस्य सुर्यश भण्डारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु गरिएको सम्मेलनमा गोठिचौर गाँउपालिका सुमन बुढाको अध्यक्षतामा ४१ सदस्य गठन गरिएको केन्द्रिय सदस्य दमन सिहंले जनाएका छन ।
अखिल नेपाल ट्रेड युनियन महासंघ जुम्लाले गोठिचौर गाँउपालिका स्तरीय कर्ण सुनारको अध्यक्षतामा ५१ सदस्य समिति गठन गरिएको जिल्ला अध्यक्ष बाल कृष्ण बुढाले जानकारी दिनु भएको छ ।
कार्यक्रम दिनेश बुढाको सभा अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार