केपीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपाल

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf Pdfn] jl/i7 g]tf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उनले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे । त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए ।

‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ । मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौ’, नेता नेपालको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस