बालबालिकाको सर्बागिण विकासका लागि बाल साहित्य तथा बालपुस्तक अति आबश्यक छ । बाल साहित्य बालपुस्तक बालबालिकाको प्रिय चिज पनि हो । तर अझै शिक्षा चेतनाको पहुँच नपुगेको ठाउँमा बाल साहित्य,बाल पुस्तक देखि बालबालिबालाई कसरी सिर्जनशील बनाउने भन्ने बारे कुनै ज्ञान छैन् । तर बालबालिकालाई सिर्जनशील बनाउन दुरदराजमा पनि बाल साहित्यका कुरा पुराउन जरुरी छ । यसै सन्दर्भमा बकेना बाल बाटिक चितवनकी प्रधानाध्यापक प्रञ्जना श्रेष्ठ जोशी संग बाल साहित्य सर्जक तथा लेखक यशु श्रेष्ठले विद्यार्थीलाइ कसरी सिर्जनशील बनाउने ? बालपुस्तक कसरी प्रयोग गर्ने ? लगायतका विषयमा गर्नु भएको कुराकानीको सार ः
विद्यार्थीलाई कसरी सिर्जनशील बनाउन सकिने रहेछ ?
शिक्षक मार्गदर्शक बन्ने अनि विद्यार्थीलाई सही मार्गमा हिँड्न उत्प्रेरित गरिरहन सके विद्यार्थीहरू सिर्जनशील हुँदै जाने रहेछन् । विद्यार्थी स्यम्का विचार र धारणालाई मलजल गर्दै, त्यसमा कारणसहित यो यसरी राम्रो हो र यो यसरी नराम्रो हो ।
यसका उदाहरण यी यी हुन् भनेर उनीहरूको मन, मस्तिष्कमा छाप पर्ने गरी शिक्षकले बताउन सक्नु राम्रो कुरा रहेछ । उनीहरूलाई नै अगाडि बढाउने अनि शिक्षकले निरन्तर सहयोग र सल्लाह सुझाव दिँदै जाने हो भने विद्यार्थी सिर्जनशील हुँदै जाने रहेछन् भन्ने लाग्छ ।
यहाँको विद्यालयमा बालसाहित्यलाई कसरी प्रयोग गरिएको छ र किन?
बालपुस्तकहरू विद्यार्थीका उमेरअनुसार उनीहरूलाई प्रयोग गर्न दिने गर्दछौँ । कुन पुस्तक पढेका छन्, त्यस पुस्तकलाई नै आधार बनाएर छलफल पनि गरिन्छ । लय र छन्द मिलाएर गाउन/वाचन गर्न पनि लगाइन्छ । उनीहरू आफैँलाई विभिन्न रचनाहरू गर्न लगाएर विभिन्न क्रियाकलाप पनि गराइन्छ । बालपुस्तकले शिक्षणमा धेरै सहयोग गरिरहेको हुन्छ ।
कसरी कसरी बालपुस्तकलाई प्रयोग गर्न सकिन्छ ? यहाँको अनुभव बताइदिनुस् न ।
बालपुस्तक भनेको बालबालिकाको प्रिय चिज हो । यस्ता पुस्तक पढ्न उनीहरूलाई कर गरिरहनु पर्दैन । स्वस्फूर्त पढ्दछन् । यस्ता पुस्तकमा धेरै कुराहरू समेटिएका हुन्छन् । यी कुराहरू विद्यार्थीमा लागु गराउन सक्नु ठुलो कुरा हुन्छ । बालपुस्तकलाई विषयगत रूपमै पनि लागु गर्न सकिन्छ । जस्तो सामाजिकको कक्षा छ भने विद्यार्थीले पढेका बालपुस्तकलाई त्यही विषयअनुसार छलफल गर्न र सिकाइ उपलब्धि हाँसिल गर्न सकिन्छ । नेपालीको वा विज्ञानको कक्षा छ भने पनि उनीहरूले रमाएर पढेकै बालपुस्तक प्रयोग गर्न सकिन्छ अथवा उनीहरूलाई यी यी बालपुस्तक पढ्नू भनेर सुझाव पनि दिन सकिन्छ । एउटै बालपुस्तकलाई विभिन्न कोण र विषयमा छलफल गर्न सकिने मेरो अनुभव रहेको छ ।
उनीहरूको शब्दभण्डार विकास गर्न, सही आचरण सिकाइका लागि, आफ्ना सिर्जनशीलता विकासका लागि आदि आदि कुराहरूमा बालपुस्तकहरू प्रयोग भइरहेका हुन्छन् ।
पाठ्यपुस्तकबाहेक अतिरिक्त पुस्तक पढ्न किन आवश्यक छ ?
पाठ्यपुस्तक त निर्देशित हुन्छ । अरूले ठिक्क पारिदिएको र अरूले जसोजसो भन्यो, त्यसो त्यसो गर्ने सिमित कुराहरू हुन्छन् । पाठ्यपुस्तकले सिमित कुराहरू दिइरहेको हुन्छ । फेरि ती कुराहरू करैले पनि पढ्नु परिरहेको वा रहर कम मिसिएको हुन सक्छ । अन्य पुस्तक त छानछानी बालबालिकाले पढ्न पाए नि त । छानीछानी ज्ञान हासिल गर्न पाए नि त । त्यसैले पुस्तकहरू विद्यार्थीका लागि अत्यन्तै आवश्यक छ । पूर्ण बौद्धिक ज्ञान र क्षमता हासिल गर्न पाठ्यपुस्तकबाहेक अतिरिक्त