नेपालमा बैज्ञानिक समाजबाद स्थापना विप्लपको पहिलो एजेण्डाःनेता बास्तोला

सागर परियार ।


नेपाल कम्युनिष्ट पार्टी विप्लवका केन्द्रिय सचिवाय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिक समस्या समधान नभई विप्लप पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताउनुभयो । विप्लपका नेता बास्तोलाले मुख्य समस्या भनेकै वर्तमान राजनीतिक समस्या भएकाले संसदीय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादको स्थापना नगरी विप्लव सरकारकामा सहभागी नहुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,“विभिन्न बाहनामा नेपालका प्राकृति स्रोत बेचविखन हुदैछन् । एमसिसि ल्याउन खोजिदैछ । जसले नेपालको विकास भन्दा विनास गर्ने निश्चित छ । परराष्ट् नीति पनि फितलो हुँदा विदेशी हस्तक्षेप बढीरहेको छ । यी सबै समस्याको जड भनेको नेपालको राजनीति समस्या हो । यी समस्याको हल नभई विप्लप सरकारमा जादैन् ।”
देशको वर्तमान राजनीति अबस्था,समस्या तथा समधान, विप्लव पार्टीले देशमा पछिल्लो समय गरिरहेको गतिविधि र अबको भावी रणनीतिबारे कार्यकर्ता भेटघाटका लागि

जुम्ला पुगेका नेता बास्तोलाले भन्नुभयो,“नेपालमा संसदीय व्यवस्थापले आम नागरिकको हित गर्न सकेन् । जसले भोट दिएर जिताएर उसैलाई लात हान्ने राजनीति संस्कारको विकास भयो । त्यसैले अबको विकल्प भनेकै बैज्ञानिक समाजबाद स्थापना हो । जसले विपन्न, गरिब नागरिकको पक्षमा बोल्ने छ । वकालत गर्ने छ ।”

वर्षौदेखि प्रतिबन्द रहेको विप्लव पार्टीलाई केपी सरकारले शान्ती प्रक्रियामा ल्याउने प्रयास स्वरुप ३ बुदे सहमती सहित हामी शान्ती प्रक्रियामा आयौ । नेता बास्तोलाले थपे,“३ बुदे सहमतीको पहिलो बुदामा नेपालको वर्तमान राजनीतिक समस्यालाई शान्तीपुर्ण आन्दोलन,वार्ता,तथा संबादका माध्यबाट टुंगाउने सम्झौता भएको छ । त्यस्तै, देशभर बिना कसुर विप्लवका हजारौ नेता कार्यकर्तालाई बन्दी बनाइएको र उनीहरुलाई बिना सर्त रिहाइ गनुपर्ने लगायतका ३ बुदे सम्झौता भएको थियो । तर हाल सम्म केहि कार्यकर्ता छुटेपनि धेरै जेलमै छन् ।”

त्यसका साथै नेता बास्तोलाले विप्लव पार्टी एमसिसिका विरुद्धमा निरन्तर पैरबी गरिरहेको उल्लेख गर्नुभयो । शुक्रबार जुम्ला पुगेका बास्तोलाले पत्रकाहरु संग कुराकानी गर्दै नेपालमा एमसिसि लागु गरेर नेपाललाई पनि अफगान देश जस्तो बनाउने प्रयास भइरहेको त्यसका विरुद्धमा विप्लव पार्टी लागिरहेको बताउनुभयो ।

एमसिसि राष्ट्को हितमा नभएको र आम नागरिकबाट चर्को विरोध भइरहेको अबस्थाले सरकारले कुनैपनि हालतमा एमसिसि पास गर्न नहुने उहाँको सुझाब छ । यदपी नेपालमा एमसिसि पास भयो भने नागरिकतहबाटै विद्रोह शुरु हुने र त्यसको अगुवाई पनि विप्लव पार्टीले गर्ने दाबी गर्नुभयो ।

नेपालमा संसदीय व्यवस्थापनले धनीलाई झनै धनी र गरिबलाई झनै गरिब बनाएको हामीले देखिरहेका छौ । त्यसैले पनि सबै कम्युजिष्ट पार्टीहरु बैज्ञानिक समाजबाद स्थापनाका लागि एक हुनै पर्छ । हामीले नेपालका सबै दल संग बैज्ञानिक समाजबाद स्थापनाका लागि एकखाले परामर्श छलफल पनि शुरु गरिसकेको समेत विप्लव नेता बास्तोलाले बताउनुभयो ।

जनताको जनवादी सत्ता स्थापित नभई स्वास्थ्य,शिक्षा रोजगारको समानुपातिक विकास सम्भव छैन् । तसर्थ बैज्ञानिक समाजबाद स्थापना गर्न नेपालका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प छैन् ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस