पार्टीलाई एकताबद्ध गर्न सहमतीकाे नेतृत्व चयनमा जाेड दिनुपर्छ: नेता श्रेष्ठ

सागर परियार । नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले तीनै तहको चुनाव सामाना गर्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताएका छन ।

उनले निकट भविष्यमा आउन लागेको स्थानीयतह,प्रदेश र केन्द्रीय अधिवेशनले सबै प्रकारका चुनौति सामाना गर्न सक्ने सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताएका हुन ।

पार्टी कामको शिलशिलामा एक सातादेखि जुम्लामा रहेका नेता श्रेष्ठले पार्टीलाई एकताबद्ध गर्दै एकताको अधिवेशनका रुपमा अघि बढाउन आग्रह गरे ।

उनले भने,’‘अबको चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन अत्यधिक रुपमा पहल गर्ने,जस्तो सुकै चुनौतिको सामाना गर्ने नेतृत्व चाहिएको छ ।

अहिले सबै नेता कार्यकर्ता मिलेर सर्वसहमतीय नेतृत्व चयन गर्नुपर्छ । यो कार्यले नै समग्र काँग्रेस पार्टी र काँग्रेसी जनको भलाइ हुनेछ ।’
काँगे्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातन्त्रको मेरुदण्ड काँग्रेस हो । लोकतन्त्रमा विचार र असहमति राख्न पाइन्छ ।

तर सबै मिलेर सही नेतृत्व चयन गर्न लाग्नुपर्छ ।अनि मात्र काँग्रेस पार्टीको हीत हुन्छ । काँग्रेस कार्यकर्ताको भलाइ हुन्छ । उनले थपे,‘अवको अधिवेशनमा सबै मिलेर सहमतिका साथ नेतृत्व चयन गर्ने बेला हो । ’

काँग्रेस सबैको पार्टी हो । कार्यकर्ता सबै काँग्रेसका हुन भन्ने सन्देश फैलाउन जरुरी रहेकोमा जोड दिए । पार्टी भित्रको गुट,उपगुट लगायतका सबै मतभेद अन्त्य गर्नु पर्ने उनी बताउँछन ।

उनले आगामी असोज ५ गते हुने जिल्ला अधिवेशनमा सहमतीय नेतृत्वको विकल्प नभएको बताए । एक जीवित पार्टीमा स्वस्थ प्रतिश्पर्धा हुनुपर्छ । सक्षम नेतृत्व आउनुपर्छ, नेता श्रेष्ठले भने,‘पार्टीमा निरन्तर क्रियाशिल रहेको, योगदान दिएको र चुनौति सामाना गर्न सक्ने नेतृत्व ल्याउनुपर्छ । यसका लागि सबै काँग्रेसीजन लागिपर्नु पर्छ ।’

अबको नेतृत्व पार्टी हाक्न सक्ने, जनताको मनमुटुमा बस्न सफल,जनता संग घुलमिल हुन सक्ने र कार्यकर्ताको संरक्षण गरेर पार्टीको हीतको लागि हरदम खटिने हुनु पर्ने बताए ।उ नले सक्षम नेतृत्व छनौटका लागि जुम्लाका काँग्रेसी कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस