जुम्ला ः जुम्लाको दुर्गम भेग पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
उक्त सामग्री जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरालाई हस्तान्तरण गरेका हुन् ।
फोल्डिङ वेड २ वटा, फेससिट २५० वटा, सर्जिकल मास्क ६ हजार, एननाइटीफाइप मास्क १ सय पिस, गोलोप्स १ सय पिस, फुलपिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टीजेन किट १५०, ह्रयावी डिउटी गोलोप्स १ सय पिस स्वास्थ्य सामग्री उपलव्ध गरिएको हो ।
यस्तै भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपियाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने प्रदान गरिएको सामग्री सहि सदुपयोग होस भन्ने अपेक्षा गरिएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभए जस्तो नागरिक विना मास्क खुल्लम खुल्ला हिडिरहेका छन् । तर दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेका छन् । अझै सचेत हुनु पर्ने अवस्था रहेको बताए ।



