जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीे जिल्ला कमिटिको अध्यक्षमा बेदबहादुर शाही चयन भएका छन् । शाहीको अध्यक्षतामा ११ सदस्यीय राप्रपाको जिल्ला कमिटि बनाएको हो ।
शाहीको पुन ः जिल्ला अध्यक्षको आकांक्षी राखेका थिए । जिल्लाका नेता तथा कार्यकर्ताले उनीलाई सर्वसहमतिमा अध्यक्ष चयन गरेका हुन् । तत्कालिन जिल्ला अध्यक्ष नरबहादुर शाही सधै जिल्ला बाहिर रहेपछि वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यवहाक अध्यक्षको जिम्मेवारी समालेका थिए ।
राप्रपाका तीनवटा पार्टी एकता भएपछि तदर्स जिल्ला कमिटिको अध्यक्ष पनि भएको उनले बताए ।
तत्कालिन जिल्ला कमिटि उपाध्यक्ष श्रीकृष्ण बुढाको पनि अध्यक्षमा आकांक्षी राखेका थिए । यस्तै तत्कालिन उपाध्यक्ष अंगद देवकोटाले अध्यक्षको उम्मेदवारी घोषणा गरेपनि उनले शाहीलाई अध्यक्षको समर्थन जनाएका हुन् ।
अहिले नेतृत्वसहित ११ जिल्ला कमिटि घोषणा मात्रै भएको युवा नेता देवकोटाले बताए । उनले भने अन्य पदाधिकारीको भने छलफलपछि टुंगो लाग्ने छ ।