मानदत्त रावल, जुम्ला ः जिल्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा भने निर्वाचन प्रक्रिया शुरु भएको छ । नगरसभापतिमा सहमपति हुन नसकेपछि निर्वाचन प्रर्णालीमा जानु परेको पार्टी सचिव कार्मा बुढाले बताए । देउवा पक्षबाट अंगराज चौलागाई र पौडेल पक्षबाट रवि थापा नगर सभापतिका उम्मेदवार हुन् । । दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट जयबहादुर रावल र नितेश शाहीको उम्मेदवारी परेको छ भने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको सचिव बुढाले बताए ।
यसैगरी दुई जना सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट अर्जुन आचार्य एक्लो उम्मेदवार छन् । पौडेल पक्षबाट मक्करबहादुर रावल र हस्त सार्कीको उम्मेदवारी परेको छ । यसैगरी दुईजना सहसचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट धनाकुमारी थापा र मकर बुढथापा छन् । पौडेल पक्षबाट चन्द्रबहादुर रावत र शुरबहादुर भण्डारीले उम्मेदवारी परेको नेता गौरीनन्द आचार्यले बताए । उनले भने मतदान कार्य सम्पन्न भएको छ । मत गणना आजै राती नै हुने भएकोले परिणाम पनि छिट्टै आउने छ ।
नगरको नेतृत्व चयन गर्नको लागि १ सय ७२ जना मतदाता छन् । २ जना जिल्ला बाहिर रहेकाले १ सय ७० जनाले मात्र मतदान गर्न पाउने छन् ।
जुम्ला काँग्रेसको नगर सभापति चयन गर्न मतदान, मत गणना राती नै हुने
प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस