सांसद बानिया विरुद्ध बलात्कारको मुद्दा दर्तामा ढिलाइःआलटाल गर्दै बाँके प्रहरी

जुम्ला । बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन वानियाले बलात्कार गरेको आरोपको जाहेरी दिएको तीन दिन बितिसक्दा पनि मुद्धा दर्ता हुन सकेको छ्रैन् ।

मुद्दा दायर ढिलाई भएको बिषयमा पिडितले तिन दिन बितिसक्दा पनि मुद्दा दायर हुन नसकेको र झन पिडित बनाएको आक्रोस पोख्नु भएको छ ।

ती महिलाले सांसद वानियाले आफुलाई बलात्कार गरेको बिषयमा वाँके प्रहरी नेपालगंजमा जाहेरी दिएको तर अहिले सम्म किन ढिलाई भईरहेको हो ? भन्ने बिषयमा अच्चमित भएको बताइन् ।

उनले बुधबार फेरी जिल्ला प्रहरी कार्यालय वाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर अपडेट गर्दा प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नु भन्दै सम्झाएको आधिकारीक मुद्धा दर्ता नभएको पिडित महिलाले जानकारी दिइन् ।

यस्ता संबेदनशील मुद्धामा प्रहरी सक्रिय भएर दोषीलाई पक्राउ गर्नुपर्ने,मुद्धा दर्ता गर्नुपर्नेमा विभिन्न बाहनामा बाँके प्रहरीले आलटाल गरिरेहेको पिडित महिलाको गुनासो छ ।
जिल्ला प्रहरी वाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले वहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले केही ढिलाई भएको बताए । उनले भने,“पिडितको जाहेरी अनुसन्धान भईरहेको छ । उनले जाहेरी दिईसक्नु भएकोछ, मेडिकल जाँच देखी घटना स्थल जाँच समेत भईसकेकाले मुद्दा दर्ता हुन्छ ।”

वाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए । उनले घटनाको अनुन्सधान संगै मुद्धा दर्ता प्रक्रिया अघि बढीरहेको बताए । दर्ता पिडितले न्याय पाउने र दोषीलाइ कारबाहि गर्ने कुरामा शुन्यसहनशीलता अपनाउने समेत दाबी गरे ।

बलात्कृत मात्रै होईन, ठूलो रकम लिएको छ ः पिडित
पिडितले जायेरी अनुसारको घटना भएको दावी गर्दै न्याय दिन दोषीलाई कठघरामा ल्याउन आम महानुभावहरुले सहयोग गर्न आग्रह गर्नु भएको छ ।

सांसद वानियाले बालात्कार मात्रै होईन रु २५ लाख ठूलो रकम समेत लिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा उल्लेख गरे अनुसार, २०७६ साल मंशिर ८ गते रु २५ लाख रुपैया उनलाई दिएको र उनले आफु काठमाण्डौमा रहेको र संयूक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको छु, भनि जवाफ दिदै आएको भएपनि लामो समय सम्म व्यापारको कुनै काम नगरेको हुदा रकम व्याज सहित फिर्ता दिन भनेपछि चेक समेत दिएका थिए । तर वैंकमा त्यो चेक नसाटेपछि नगद दिन समेत भनेको थिए ।

नेपालगंजमा आफुलाई रकम दिन्छु भनेपछि आफु नेपालगंजको अप्सरा होटलमको २१५ नम्बर कोठमा वेलुकी सम्म रकम दिने भनेर वस्न वाध्य भएको र सोही होटलमा बसेका वानियाले विहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस भन्दा ढोका खोलेको त्यहि मौका छोपी बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा मुगु जिल्लाका समानुपातिक सघीय सांसद वानियालाई यथासिघ्र खोज तालास एवं पक्राउ समेत गरि निजलाई जवरजस्ती करणी सम्वन्धी कसुरमा हदै सम्म सजाय गरी पाउ भनि उल्लेख छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस