जुम्ला । जुुम्लामा कोरोना संक्रमणले एक महिलाको मृत्यू भएको छ । कोरोना भाइरसको तेस्रो भेरिएन्ट ओमिक्रोन संक्रमणका कारण चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ । तेस्रो भेरिएन्टको संक्रमणबाट मृत्यु हुने बाटु सुनार पहिलो हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुनारको विहान साढे एक बजे निधन भएको हो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा उहाँको निधन भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार मंगलवार दिउसो प्रतिष्ठानमा उपचार गर्न आउनु भएको र उपचारको क्रममा निधन भएको छ । उहाँको आरडिटि परीक्षण गर्दा कोरोना संक्रमण पृष्टी भएको थियो । संक्रमित महिलाको उपचारका क्रममा मंगलबार अस्पतालले मृत्तक घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार पछिल्लो समय तेस्रो भेरियन्टमा जिल्लामा कुल १८५ जना रहेका मध्य अस्पतालमा उपचाररत ५ जना रहेका छन् । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार तेस्रो भेरियन्टमा कर्णाली प्रतिष्ठानमा २८ जना भर्ना भएका थिए ।