
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २०६८ सालमा स्थापना भएको हो । स्थापना भएको १० वर्ष बित्दा पनि ३ सय शैयाको अस्पताल भवन बाहेक पदाधिकारी,विज्ञ चिकित्सक डाक्टरहरु बस्ने भवन छैनन् । भने, अध्यायन,अनुसन्धान र सेवा प्रवाहको उद्देश्य सहित स्थापित कर्णाली प्रतिष्ठानले आबश्यक भौतिक पूर्वाधार नुहँदा नागरिकको अपेक्षा अनुसार सेवा दिन सकेको छैन् ।
अहिले पनि अधिकांश डाक्टरहरु भाडाकै घरमा बसीरहेका छन् । भने,शैक्षिक प्रशासनिक सेवाहरु पनि प्रयाप्त पूर्वाधार नहुँदा लक्ष्य अनुसार अघि बढन् प्रतिष्ठानलाई समस्या छ । तथापी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपतिका रुपमा डा.मंगल रावल आएको एक वर्षमा जुम्लामै विशषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक प्रशासनिक भौतिक पूर्वाधार निर्माणले फड्को मारेको छ ।
आईतबार पत्रकार सम्मेलन मार्फत उपकुलपतिको रुपमा डा.रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमविविएस,विएनएस,बि.फारर्मा लगायतका शैक्षिक कार्यक्रमको शुरुवात देखि पूर्वाधार निर्माणले गती लिएको जनाइएको छ ।
उपकुलपतिको एकवर्षे प्रगती विरणमा प्रस्तुत गर्दै रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानले पछिल्लो एक वर्षमा महत्वपुर्ण शैक्षिक कार्यक्रम सञ्चालन,अनुसन्धान निरन्रता,सेवा प्रवाह जोड शुसासन,र भौतिक सरंचना निर्माणले गती लिएको उल्लेख गर्नुभयो ।
जसमा शिक्षातर्फ तर्फ एमविविएस,विएनएस,बि फार्मा लगायतका कार्यक्रम शुरु भएका छन् । एमविविएसको राष्ट्पति विद्यादेवी भण्डारीद्धारा शुभारम्भ गरिएको थियो । भने,एमडी,एमएस,एमविविएस,विएनएस,विएमएस, विपिएच लगायतका कार्यक्रम संचालनका लागि प्राज्ञिक ज्ञान आदानप्रदान गर्न देशका झण्डै एक दर्जन अस्पताल गर्न सम्झौता गरिएको छ । एमडिजीपि,एमडी कार्यक्रमको निरन्तरता र हाडजोर्नी विषयमा स्नातकोत्तर तहको पढाइ शुरु भएको छ ।
त्यस्तै अनुसन्धान तर्फ २० वटा विभिन्न विषयमा अनुसन्धान भईरहेका छन् । भने,सेवा तर्फ छालारोग,आँखा रोग,नाक कान,घाँटीरोग,बाल दन्तरोग,विशषज्ञ सेवा शुरु भएको छ । नाक काँन घाटीको शल्यक्रिय,हिस्टो प्याथोलोजी,पाठेघरको मुखको पूर्व क्यान्सरको उपचार शुरुवात भएको छ ।
२५ बेडको एचडियूसेवा ५० बेडमा स्तरबृद्धि,६ बेडको ुघन उपचार,१८ बेडको भेन्टीलेटर, र अस्पताललाई पुर्ण डिजिटलाइसेशन गर्न इलेक्ट्रोनिक मेडिकल रेर्कड प्रणाली जडान भएको छ । साथै काभिड महामारीमा देशकै उत्कृष्ट सेवा प्रवाह प्रतिष्ठानले गरेको विवरणमा उल्लेख छ । कर्णालीका दुर्गम जिल्ला हुम्लामा एमडिजिपी विशषज्ञ डाक्टरबाट सेवा प्रवाह भईरहेको छ ।
उपकुलपतिको एक वर्षे कार्यलयमा प्रतिष्ठानको व्यायभार घटाउन एउटा मात्र डिन राख्ने,काठमान्डौ सम्पर्क कार्यालय सार्ने,सेवा प्रवाहमा सुधार ल्याउन उत्कृष्ट डाक्टर सम्मानको नीति देखि धेरै कुरामा सुधार आएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताउनुभयो ।
औषधी आपुर्ति,सेवा प्रवाह संचार सहकार्य,दुर्गम जिल्लामा सेवा प्रवाह देखि प्रतिष्ठानको मेडिकल कलेज छात्राबास,शैक्षिक प्रशासनिक भवन, तत्काल निर्माण गर्न जुटिरहेको उहाँको भनाई छ ।

मेडिकल हबका रुपमा पूर्वाधार बन्दै
कर्णाली प्रतिष्ठान स्थापना भएको १० वर्षको अवधिमा हाल सम्म विभिन्न ९ वटा विशषज्ञ स्तरका शैक्षिक कार्यक्रम संचालन भईरहेका छन् । तर पूर्वाधारको अभावले शिक्षक कर्मचारी तथा चिकित्सकहरु भाडाकै घरमा बस्न बाध्य रहेका छन् । अहिले शैक्षिक तथा प्रशासनका ६ वटा भवन भाडाकै घरमा सञ्चालित छन् ।
पूर्वाधार अभावले प्रतिष्ठानको सेवा प्रवाह,अध्यायन,अनुसन्धानमा पारेको प्रभावलाई मध्यनजर गरी उपकुलपति डा.मंगल रावल,रजिष्टार नृपेन्द्र महत आइसकेपछि प्रतिष्ठानले पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।
जस अन्तरर्गत गएको फागुन २६ गते राष्ट्पति विद्यादेवी भण्डारीले ७६ करोड लागतको शैक्षिक प्रशासनिक भवन निर्माणका शिलान्यास गरेकी थिईन् । उक्त भवन दुई वर्षमा निर्माण सम्पन्न हुनेगरी रसुवा निर्माण कम्पन्नी संग सम्झौता भएको छ ।
भने, चन्दननाथ नगरपालिका ३ स्थित च्यारेचौरमा मेडिकल हबकै रुपमा करिब २ दर्जन बढी शैक्षिक प्रशासनिक तथा आवासका लागि भौतिक संरचना निर्माण शुरु गरिएको छ ।
जुम्लालाई मेडिकल हबका रुपमा विकास गर्न च्यारे चौरमा २३ वटा भवन निर्माण प्रक्रिया थालिएको हो । बन्दै गएका २३ वटा भवनलाई पुर्णता दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहुदै अर्थमन्त्रालय सम्म फाईल पहल गरिरहेको उपकुलपति रावलले बताउनुभयो ।
पूर्वाधारको विकास बिना प्रतिष्ठानको अध्यायन,अनुसन्धान र सेवा प्रवाहको लक्ष्य पुरा नहुने भएकोले विशषज्ञ शैक्षिक कार्यक्रम सञ्चालन संगै पूर्वाधार निर्माणमा जोड दिएको रावलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“आफ्नो पहल समन्वय तथा पदाधिकारीको सहयोगमा एमविविएस संचालनेदखि अस्पतालको स्तरबृद्धि,पूर्वाधार
निर्माण,राष्ट्पतिको जुम्ला भ्रमण,सिनेट बैठकको आयोजना लगायतका महत्वपुर्ण काम भएका छन् । अब सेवा प्रवाहलाई प्रभावकारी बनाउन तर्फ ध्यान केन्द्रित भएको छ ।”
साथै,पत्रकार सम्मेलनमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै उपकुलपति डा. रावलले प्रतिष्ठानका सेवालाई छिटो छरितो र सुलभ बनाउन आफु लगायत सबै पदाधिकारीको ध्यान केन्द्रित भएको बताउनुभयो ।
देशकै भरोसा केन्द्रका रुपमा रहेको कर्णाली प्रतिष्ठानका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रतिष्ठानका सम्पुर्ण पदाधिकारीहरु जुटिरहेका छन् ।



