महिलातर्फ बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम क्वाटरफाइनलमा

जुम्ला – दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अंक योगदान गरिन् ।
सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ को प्रदर्शन ग¥यो । दोश्रो क्वाटरमा ३ अंक जोडेको मधेश बाँकी क्वाटरमा अंकविहीन रह्यो ।
समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अंक सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै हरायो । पहिलो क्वाटरमा ८–० ले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो । पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ स्कोर ग¥यो । एपीएफ र कर्णालीबीचको खेलले यो समूहबाट क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।
फुल कोर्टमा बिहीबार एपीएफ र कर्णाली, मधेश प्रदेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।
थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ स्कोर गरिन् । ३ टिम रहेको समूह ‘ए’ बाट विजेता हुँदै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेशलाई ८–३ ले पन्छायो । बागमतीकी आरुषा महर्जनले ४ अंक बटुलिन् ।
बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । बिहीबार फुल कोर्ट र थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस