हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए ।
उनले थपे, ‘१२ खर्ब ४० अर्ब रेभिन्यू कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाई ? अनि तपाईं डलर कहाँबाट दिनुहुन्छ ? पर्सिदेखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ । राजश्व पनि टाइँटाइँ फिस हुन्छ । यो पैसा उठेन पनि सक्दैन । त्यसो हुनेवित्तिकै तपाईंको बजेटको लक्ष्य कहिँ भेट हुँदैन ।’
यो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उनको टिप्पणी छ । उनले भने, ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस् ।’