तातोपानीमा बृहत्त शैक्षिक अन्तरक्रिया: शैक्षिक गुणस्तर बृद्विमा जोड, सुझाव समिति गठन

जुम्ला ।राज्यले सामुदायिक विधालयको शैक्षिक अबस्था सुधारका लागि अर्बौ लगानी गर्दै आएको छ ।  संघीयतापछि तीनैतहका सरकारले शिक्षालाई विशेष महत्व दिदै आएका छन् । घरदैलोको सरकार मानिने स्थानीय सरकारले विशेष गरी सामुदायिक विधालयको शैक्षिक, प्रशासनिक र भौतिक अबस्था सुधारका निम्ती विशेष नीति र लगानी समेत आएका छन् ।

जुम्लाका आठ स्थानीय तहमध्य तातोपानी गाउँपालिकाले पछिल्ला चार वर्षमा शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर काम गरेको छ ।  जसमध्य कर्णालीकै पहिलो पालिकाका रुपमा अर्गानिक दिवा खाजा कार्यक्रम संचालनदेखि, नमुना भान्साघर निर्माण, शिक्षको क्षामता विकास, कक्षा कोठा सुधार, अति शसक्तलाई घरमै शिक्षक जस्ता शिक्षा क्षेत्रमा थुप्रै नमुना कार्यक्रम संचालन भएका छन् ।

सामुदायिक विधालयको सुधार तथा व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने गाउँपालिकाको अभियानलाई सफल बनाउन र दिर्घकालिन लक्ष्यमा सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्रो परियोजनाले विशेष लगानी गरेको छ । 

गाउँपालिकाको समन्वय तथा पहलमा सहयात्रा तेस्रो परियोजनाले पालिकाका २८ वटै पालिकामा शैक्षिक गुणस्तर सुधारका निम्तीका थुप्रै काम गरेको छ । भने गाउँपालिकाले दरबन्दि मिलान, विधार्थीका टाउका गणना गर्ने, सोहि आधारमा ईमेज डाटा ईन्ट्रि गराउने जस्ता काम गर्दै आएको छ । दातृ संस्था र पालिकाले करोडौ बजेट शिक्षामा लगानी गरेको छ । लगानी अनुसारको शैक्षिक उपलब्धी हासिल भए नभएको, सरकारी विधालय सुधार भए नभएको विषयमा वास्तविकता ल्याउन र शिक्षा क्षेत्रमा भएका उपलब्धीहरुको संस्थागत विकासका निम्ती तातोपानी गाउँपालिका स्तरीय शिक्षा समिति सक्रिय भएर लागेको छ ।

शिक्षा क्षेत्रलाई आमुल रुपमा सुधार गर्ने हुटहुट बोकेका तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई विभिन्न चुनौती बाधाका अड्चनका बीच अझै रोकिएका छैनन् । बितेको चार वर्षमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि करोडौ दातृ निकायबाट लगानी भित्र्याएका अध्यक्ष चौलागाँईले शैक्षिक उपल्बधीबारे विशेष चासो राख्दै आएका छन् । 

शिक्षा क्षेत्रमा बढ्दो लगानी र घट्दो सामुदायिक विधालय प्रतिको आकर्षणलाई मध्यनजर गर्दै शुक्रबार तातोपानी गाउँपालिकामा बृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पालिका स्थित राजनीतिक दल, पूर्व जनप्रतिनिधि, २८ वटै विधालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्ष लगायतको उल्लेखीय सहभागिता थियो ।

कार्यक्रममा केहिदिन अघि शिक्षा समितिले अनुगमन गरी तयार गरेको प्रारम्भिक प्रतिवेदन पनि प्रस्तुत गरियो । उक्त परिवर्तन अपेक्षाअनुसार नआएको र सुधार गर्ने धेरैले सुझाव राखे । 

कार्यक्रममा बोल्ने सबै बक्ताले सामुदायिक विधालयको सवाल निकै पेचिलो बनेको र कसैको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले शिक्षक अभिभावक र विर्धाथीको भुमिका महत्वपूर्ण रहने विषय समेत उठाईएको छ ।  सबैको समन्वयबाट सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने समेत सुझाव आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले सामुदायिक विधालय सुधार गर्नु फलामको चिउरा चपाउनु जस्तै कठिन रहेको बताए । तथापि पालिकाले शैक्षिक सुधारका कार्य गरेको उपलब्धीहरुको संस्थागत विकासमा सबै जिम्मेवार हुनु पर्ने उल्लेख गरे ।

 कार्यक्रममा  डिलेश रावत, मानविरे सार्की, नरेन्द्र महत,  दिपक खत्री,अर्जुन बुढा, बल बहादुर रावल लगायतका शिक्षकहरूले विधालयहरुमा भौतिक पूर्वाधार  सामाग्री धेरै प्रयाप्त भईसकेपनि उपलब्धी अपेक्षाकृत नभएकाले अबको मुख्य एजेण्डानै शिक्षा सुधारमा ध्यान दिनु पर्ने सुझाव राखेका छन् 

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले शिक्षा क्षेत्र सुधारका लागि पालिकाले उल्लेखीय लगानी गरेपनि अपेक्षाकृत उपलब्धी नभएको बताए ।´पालिकाले दरबन्दि मिलादेखि शिक्षक सुरुवा हुँदा राजनीतिकरण भएको आयो । हामीले पवित्र उदेश्यका साथ गरेका काममा राजनीतिब रंग दिई अबदेखि जिम्मा आम नागरिकका अगुवाईलाई सुम्पिन्छौ ।सात सदस्यीय समिति गठन गरी १५ दिनेका प्रतिवेदन ल्याउने गरी काममा  खटाउने निर्णय भएको छ । कार्यान्वयनपछि थाहा हुन्छ ।`

कार्यक्रममा राजनीतिक दलका तर्फबाट एमाले नेता भनकुष्णा पाण्डे, दातृ संस्थाका तर्फबाट नायारायणी चौलागाँई, तातोपानी-४ का अमर बहादुर रोकाया, वडा नं ६ का अध्यक्ष विशाल खडकाले शैक्षिक अबस्था सुधार्न सबै जिम्मेवार हुनु पर्ने तर्क राखेका थिए । 


साथै पलिका भित्रका सम्पुर्ण बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न तातोपानी -६ का वडाअध्यक्ष बिशाल खड्काको संयोजकमा ९ सदस्यीय सुझाव समिति गठन गरिएको छ । समितिमा प्रअ,विव्यस, शिक्षा समिति, महिला, राजनीतिक दल,गैसस,पत्रकार। लगायतका निकायको प्रतिनिधित्व हुने गरी समिति गठन भएको छ । 

यो समितिले १५ दिनभित्र तातोपानी गाउँपालिका भित्र रहेका सबै सामुदायिक विधालयमा चुनौती अबसर र सफल अभ्यासबारे एकिन तथ्यांक ल्याउन समेत गाउँपालिका अध्यक्ष चौलागाँईलेउल्लेख गरे

अन्तर्क्रिया कार्यक्रममा तातोपानीका सबै बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापकहरु,राजनीति दलका प्रमुखहरु,पत्रकार ,नागरिक समाजको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस