जुम्लाको खलंगामा बालभेल सम्पन्न


जुम्ला ः जुम्लाको सदरमुकाम खलंगामा बाल भेला सम्पन्न गएको छ । चन्दननाथ नगरपालिका, किर्डाक नेपाल जुम्लाको संयूक्त आयोजना तथा वल्र्डभिजन नेपालको आर्थिक सहयोगमा बाल भेला कार्यक्रम सम्पन्न भएको हो ।
बाल संरक्षण कार्यक्रम अन्तरगत बालभेला कार्यक्रम सम्पन्न गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड संयोजक श्रीराम थापाले बताए । बाल भेला कार्यक्रममा ३३ जना बालिका र ३० जना बालक गरी ६३ जना बालबालिकाको सहभागिता रहेको थियो । नगरपालिका स्तरीय बाल संजाल र नगरपालिका भित्र रहेका ९ र १० वडाका वालवालिकाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस