चन्दननाथले बनाउन थाल्यो पञ्चवर्षीय नगर शिक्षा योजना

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाले पञ्चबर्षीय योजना बनाउन थालेको छ । नगरपालिकाले शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चबर्षीय नगरखशिक्षा योजना वनाउन थालेको हो । नगरको शैक्षिक अवस्थालाई सुदृढ बनाउन २०७९ देखि ०८३ सालसम्मको पञ्चवर्षीय योजना बनाउन लागिएको पालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना शुरु गरिएको हुन्छ । नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोकत्वमा ९ सदस्यीय मुल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलार्गाइको नेतृत्वमा ६ सदस्यीय कार्यदल समिति गठन समेत गरिएको छ ।
शाखा प्रमुख चौलगाईका अनुसार नगर योजनाको मस्यौदा तयार भएको छ । नगर योजनाले ५ बर्षको शैक्षिक अवगस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधार्नु पर्ने बिषय मुख्य रुपमा समेटिने भएको छ । नगर शिक्षा योजनाले नगरपालिकामा शिक्षा सुधार्नका लागि आवश्यक बजेट, खर्च र आगामी योजनाको बिषय महत्वपूर्ण सहयोग पुग्ने भएको छ ।
नगर प्रमुख राजुसिंह कठायतका अनुसार नगरको शिक्षालाई सुदृढ गर्न प्रभावकारी योजना बनाउन प्रयास गरिएको बताए । उनले शिक्षा नै विकासको पहिलो आधार भएकाले नगर शिक्षा योजनाले कसरी राम्रो गर्ने भन्ने बिषयमा सहयोग पुग्ने बताए ।
नगर शिक्षाको मस्यौदामा अझैपनि छुटेका विषय समेट्ने समय छ । शाखा प्रमुख चौलगाईका अनुसार चन्दननाथ नगरपालिकामा २७ वटा विद्यालय रहेका छन् । जसमा ७ वटा माध्यामिक विद्यालय छन् । १९ वटा सामुदायिक विद्यालय, ८ वटा संस्थागत विद्यालय रहेका छन् । यसैगरी ३५ वटा संघीय सरकारका र ४ वटा स्थानीय सरकारका गरी ३९ वटा वालविकास केन्द्र छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस