आम निर्वाचन २०७९ःगोमाले इतिहास रच्लीन् की,रतन र ज्ञानेन्द्रले विरासत जोगाउँलान् ?

जुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकीदै गर्दा उम्मेदवारहरु गाउँ केन्द्रित भएका छन् । निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि चुनावी भेला,आमसभा लगायतका कार्यक्रम गर्न निर्देशन दिएसंगै उम्मेदवारहरु मतदाता रिजाउन गाउँ केन्द्रित भएका हुन् । जुम्लामा पनि चुनावी सरगर्मी बढीरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन निकै रोचक र खरो प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनका तर्फका कर्णालीमै पहिलो महिला उम्मेदवारका रुपमा जुम्लाबाट गोमा कुँवर (गौतम)ले उम्मेदवारी दिदाँ नेकपा एमालेबाट रतननाथ योगी,राष्ट्यि प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र बहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

विशेषगरी सत्ता गठबन्धका उम्मेदवार गोमा कुँवर,एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीबीच खरो तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकी साझा उम्मेदवार तथा माओबादी नेतृ कुँवर २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचन भई पशुपन्छी विकास राज्यमन्त्री समेत हुनु भएको थियो । पुर्वमन्त्री तथा माओबादी केन्द्रकी प्रभावशाली महिला नेतृ कुँवर गठबन्धनको बलियो साथ भएकोले ढुक्कले चुनाव जित्ने दाबी गर्नुुहुन्छ ।

कर्णालीमा गठबन्धनबाट एक्ली महिला उम्मेदवारका रुपमा चुनावमा होमिएकी छु । मैले जुम्लाको विकासका लागि योगदान गर्न सक्ने विश्वासले गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

उहाँले भन्नुभयो,“गठबन्धन मुलुकको हित र देशको विकासका लागि भएकोले जुम्लाबाट संघ प्रदेशमा गठबन्धनका उम्मेदवार बहुमतले जित्नेमा दुईमत छैन् । मतदाताको विश्वास गठबन्धनले जितिसकेकोले निर्वाचन पनि जित्ने पक्का छ ।”

कुँवर यतिबेला संविधानको रक्षा,राजनीतिक स्थायीत्व र महिला शसक्तिकरण,आर्थिक विकास,रोजगारी सृजना र पूर्वाधार विकासका एजेण्डालाई बोकेर घरदैलो अभियान हुनुहुन्छ । तर गठबन्धन भित्री रुपमा कमजोर भएको,गठबन्धनका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिईरहेको अन्य दलबाट प्रभावकारी नयाँ अनुहार चुनावी मैदानमा उत्रिएकाले कुँवर सहजै चुनाव जित्न र कर्णालीमै पहिलो महिला जितेर इतिहास रच्न मुस्किल हुन सक्छ ।

जुम्ला निर्वाचन क्षेत्र (ख)मा काँग्रेसबाट रुष्ट भएर धनबहादुर बस्नेत र निर्वाचन क्षेत्र (क)मा काँग्रेसबाट असन्तुष्ट भएर प्रभावशाली नेता देवेन्द्र बहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिँदा काँग्रेस भित्रैकै धेरै भोट बाडीने स्पष्ट छ । त्यस्तै राप्रका ज्ञानेन्द्र शाही र एमालेका रतननाथ योगीले पनि समुदायमा राम्रो प्रभाव पारेकोले गठबन्धनका उम्मेदवार कुँवरलाई चुनाव जितेर ईतिहास रच्न बढीनै कसरत गर्नुपर्ने देखिन्छ । कर्णालीमै पहिलो महिला उम्मेवारका रुपमा चुनाव तिजेर इतिहास रच्ने अबसर कुँवरलाई गठबन्धले दिएपनि मतदाताले अनुमोदन गर्छन् वा गर्दैन् भन्ने कुरा हेर्न बाँकी छ ।

भ्रष्टचार विरुद्धको अभियान्त हुदैँ राप्रपाको केन्द्रिय प्रवक्ता भएर अहिले जुम्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका ज्ञानेन्द्र बहादुर शाही आफु बहुमतले चुनाव जित्ने ठोकुवा गर्दै आउनु भएको छ ।

एक पटक मुलुकको नेतृत्व जुम्ली छोराले गर्ने,जुम्लाको जडिबुटि,कृषि उपजको उत्पादन बृद्धि,बजारीकरण र रोजगारीलाई बढवा दिने मुद्धालाई अघि सार्दै घरदैलोमा व्यस्त शाही सबै पार्टीका आफुलाइ सहयोग गर्ने बाचा गरेर विजयको माला उन्न थालि सकेको बताउनु भएको छ ।

यदपी,राप्रपाको संगठन मतदाता जुम्ला मुलुककै कमजोर छ । आफ्ना मतदाता राप्रपा संग जुम्लामा ५ सय भन्दा बढी छैनन् । तर ज्ञानेन्द्र शाहीका चुनावी सभामा देखिने भिड,सामाजिक संजालमा बढेको आर्कषणले भने शाही आफु चुनाव जित्नेमा विश्स्त छन् ।

शाही भन्छन,“गाउँदेखि शहरसम्म ज्ञानेन्द्र शाहीको पक्षमा मावल बनेको छ । यदपी चुनावमा घात गरेनन् भने मेरो बहुमतले जित हुन्छ । एक पटक जुम्लीले छोराले राष्ट्को नेतृत्व गरेर देखाउँछु । भ्रष्टचारलाई शुन्यमा झार्छु ।”

आफ्नो उम्मेदवारी कुनै दलका विरुद्धमा नभई जुम्लाको विकास र एक पटक जुम्ली नागरिकले पनि राष्ट्को नेतृत्व गर्न सक्छ भन्ने देखाउनका लागि हो भन्दै मतदाताको मन जित्ने प्रयत्न गरिरहेका शाहीलाई अभियान्ता देखि राप्रपाको प्रवत्ता हुर्दै हाल सम्मको विरासत चुनावी नतिजाबाट जोगाउन त्यति सहज छैन् ।

मतदाता विचारबाट विचलित हुने स्थिती छैन् । दलका उम्मेदवारलाई छाडेर राप्रपालाई दिन्छन् भन्ने आधारपनि छैन् । जसका कारण ज्ञानेन्द्र शाहीलाई भनेजस्तो सहज चुनाव नहुने बहस चलिरहेको छ । यदपी, ज्ञानेन्द्र शाहीको आगमन र उनी प्रतिको आर्कषणले भने जुम्लाको निर्वाचन निकै रोचक हुने देखिएको छ ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगी जुम्लाको आर्थिक समृद्धीसंगै कृषि,स्वास्थ्य,शिक्षा,सिचाई पर्यटन विकास,रोजगारी सृजना र मुख्य रुपमा नीति निर्माणका मुद्धालाई प्रथामिकता दिएर मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । २०७४ को चुनावमा तिला गाउँपालिकाको अध्यक्षमा निर्वार्चित भई जनताका मसिना समस्या बुझेको,तिलाका उल्लेखीय विकास गरेको,जुम्लामा एमाले प्रतिको जनलहर बढ्दो भएकोले आफु चुनाव जित्ने दाबी योगीको छ ।

योगी केन्द्रिय राजनीतिक पहुँचका हिसाबले एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । जुम्लाको आर्थिक समृद्धी र विकासमैत्री नीति निर्माण पहिलो प्रथामिकता हो । उहाँले भन्नुभयो,“विकास निर्माण,सेवा प्रवाह,आर्थिक समृद्धी,रोजगारी सृजना,उत्पादन बृद्धि नागरिकको आयआर्यजन बृद्धि जस्ता कुरा नीति बिना सम्भव छैन् । त्यसैले पुराना नीतिको संशोधन तथा नयाँ आर्थिक विकासमैत्री नीति निर्माणमा जोड दिने योजना छ । गठनबन्धन जनताको मर्म विपरित भएकोले एमालेले जुम्लामा गठबन्धनको कच्ची धाँगो चुडाएरै छाड्छौ ।”

२०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ पालिकामा मध्य सात पालिकामा एमाले निल हुँदा तिला गाउँपालिका मात्रै जितेर योगीले जुम्लामा एमालेको विरासत जोगाएका थिए । योगीलाई अहिले प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेर विरात जोगाउने अबसर र चुनौती दुबै छ । तर सत्ता गठबन्धन र ज्ञानेन्द्र शाहीले प्रभाव पार्ने चुनौती अर्का तिर छ । पालिका अध्यक्ष हुँदा अब्बल सावित भएको र आधाभुत विकास जुम्लाकै नमुना गरेकोले जनताले काम गर्ने मान्छेको मुल्यांकन गरीसकेको हुँदा आफु जित्ने योगीको दाबी छ ।

विगतको काम, आफ्नो अनुभव तथा समन्वय आर्थिक समृद्धीको मेरो लक्ष्य सफल बनाउन आम जुम्ली जनताले एक पटक संसदीय अभ्यासका लागि र जुम्लाको विकासका लागि अमुल्य मत दिई जिताएर पठाउनेमा रतनाथ योगी ढुक्क छन् । नेमकिपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्ली प्रसाद काफ् जनता सचेत भईसकेकोले आफु जस्ता इमानदार र राष्ट्यिताका सबालमा प्रतिबद्ध पार्टीका उम्मेदवारलाई भोट दिएर जिताउने दाबी गर्नु हुन्छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस