माओवादी निकट शिक्षक संगठनको अध्यक्षमा जयशंकर धिताल


जुम्ला ः नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ ।
जिल्लामा आयोजना गरिएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष जयशंकर धितालसहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।
जुम्लाको सदरमुकाममा खलंगामा आयोजित जिल्ला अधिवेशनले धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको ३ वर्षे कार्यकाल रहने विधानमा उल्लेख गरिएको छ ।
समितिको उपाध्यक्षमा कर्णबहादुर खत्री, सचिवमा भीमबहादुर विक, कोषाध्यक्षमा सविना शाही चयन भएका छन् । त्यस्तै सदस्यमा मिना गुरुङ धनविरि नेपाली, हैजली योगी, जयलाल प्याकुरेल, परिमल बस्नेत, वलविर थापा, पार्वती चौलागाई, गोरवहादुर रावत, नवराज कार्की, मिना भण्डारी, प्रेमराज शर्मा र लक्ष्मी सुनार चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष धितालले शिक्षकका हक अधिकारका लागि पर्ने र शिक्षाका सवालमा जिल्लामा समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष धितालका अनुसार विधानुसार पाँच सदस्य मनोनित हुने छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस