जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले वित्तिय साक्षरता कार्यक्रम गरेको छ । ग्रामिण भेगका नागरिकलाई बैकिङ सेवाबारे सचेत बनाउन सदरमुकामभन्दा बाहिर पुगेर पहिलो पटक रावाले बित्तिय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
‘प्लान ईयोर मनि,प्लान्ट ईयोर फ्युचर’ भन्ने नाराका साथ २० मार्चदेखि २६ सम्म बैंक तथा वित्तिय संस्थाहरुले साता व्यापी संचालन गर्ने ‘ग्लाेबल मनि यूईक’ कार्यक्रम अन्तरर्गत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक चिरञ्जीवि गिरीले बताए ।
उनले भने,“बैंकिङ सेवाप्रति ग्रामिण भेगका नागरिक अझै अनविज्ञ छन् । त्यसैले विगतका वर्षमा सदरमुकामै हुने वित्तिय साक्षरतालाई यसवर्ष दुर्गम सिंजामा संचालन गर्यौ । साक्षरताले स्थानिय नागरिक बैकिङ सेवाबारे सचेत भएका छन् ।”
डिजिटल युक्त साक्षरता,नया पुस्तालाई प्रविधिसंग जोडेर क्यास लेस कारोबार कसरी गर्ने, ग्राहक पहिचान फर्म (केवाईसी)को आबश्कता महत्वका विषयमा समेत छलफल भएको थियो ।
पछिल्लो समय सामाजिक संजालमा राष्ट्रिय वाणिज्य बैंकले चिठ्ठा उपहार खोलेको भन्ने गलत सूचना सुन्देश आईरहेको र मोबाईलमा गोप्य सूचना तथा विवरण माग्ने काम भईरहेकोले त्यसबाट सचेत रहन र कुनै महत्वपुर्ण गोप्य विवरण नदिन सुचित गरिएको शाखा प्रबन्धक गिरीले जानकारी दिए ।
साथै विद्यार्थी लक्षित (स्टुडेन्ट) सुपर सेबिङ खाताबारे समेत विर्धाथी संग छलफल भएको छ । विर्धाथीको शून्य मौज्दातमा खाता खोल्ने र १ सय रूपैया बैंकले नै जम्मा गरिदिने छ ।
भने,सिंजा गाउँपालिकाको केन्द्र नराकोटमा निकट भविष्यमै राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरी सेवा प्रवाह गर्ने उपकार्यकारी अधिकृत पवन रेग्मीले बताए । काउन्टर स्थापनाका लागि स्वीकृत भईसकेको र केहि दिनमा संचालनमा आउने भएको हो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी,विभागीय प्रमुख नारायण प्रसाद लामिछाने,प्रादेशिक प्रबन्धक,शिव प्रसाद चालिसे,सिंजा गापाका उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृतको समेत सहभागिता रहेको थियो ।