जुम्ला ः हेल्थ असिस्टेन (एचए) संगठन हानले सिनियरलाई जुनियर नबनाउन माग गरेका छन् । हानले प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
नेपाल सरकार जनस्वास्थ्य मन्त्रालय अनुसार गाउँपालिकाको दरवन्दी तेरिज तथा हिमाली जिल्ला तेरिज अनुसूचि, सर्वाेच्च अदालतको आदेश र शैक्षिक योग्यता आधार पद र लोकसेवा प्रवेश विन्दु विधि प्रक्रिया बमोजिम सिनियर अहेव छौटौँ भन्दा जनस्वास्थ्य अधिकृत छौटौँ वरिष्ठ रहेको छ ।
यस्तो खालको नजिर हुदाँ हुदै पनि कतिपय गाउँपालिकाले स्वास्थ्य शाखा र स्वास्थ्य चौकी प्रमुख जुनियर सिनियर बनाएको भन्दै हानमा आवद्ध स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
हानका जिल्ला अध्यक्ष विरेन्द्र उपाध्यायका अनुसार पार्टीबाद नाताबादका कारण अदालतको आदेश उल्लघंन गर्दै सिनियरलाई जुनियर बनाएको बताए । उनले भने यस्तो समस्या जिल्लाका ८ स्थानीय तहमा रहेको छ । यो समस्याका विषयमा सरोकारवाला निकायको बैठक बसेर समाधान गरिदिन आग्रह गर्दछौँ ।
पार्टीबादले नियूक्त भएका जुनियर प्रमुखले सिनियरलाई काम लगाउदा कार्य सम्पादन सफल हुन नसकेको सिंजा गाउँपालिका जनस्वास्थ्य निरीक्षक छौटौँ ललितजंग रोकायाले बताए । उनले भने यो समस्याको समाधान नहुदा यसको प्रभाव सेवाग्राहीमा परेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, पालिका प्रमुखसहित सरोकारवाला निकायको बैठक राखी समस्या समाधान गरिदिन आग्रह गर्दछौँ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सवै सरोकारवाला निकायको बैठक राखेर समस्या समाधान गर्ने छौँ ।
सिनियरलाई जुनियर नबनाउन हानको माग
प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस