
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ मा बालबिवाह र लागु औषध दुव्र्यसनी विरुद्ध सडक नाटक प्रर्दशन अभियान थालिएको छ ।
गरिबी,देखासिकी,अशिक्षा तथा प्राविधिको दुरुपयोगले बढ्दो बालबिवाह तथा सडकको विकाससंगै भित्रिएको लागु औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक सडक नाटक प्रर्दशन अभियान थालिएको हो ।
जसअन्तरर्गत बुधबार तातोपानी ४ का नियापानी गिडीखोला ,हाँकु गाउँ र बिहिबार गाैतमबाडा र जैतपुर गाउँका नागरिककाे संयुक्त उपस्थितिमा सडक नाटक प्रर्दशन गरिएको छ । नाटकका माध्यमबाट नागरिकले बुझन्े गरी बालबिवाह गर्दा भविष्यमा हुने असर तथा कानुनी दण्ड सजायका बारेमा प्रष्ट पारिएको ४ नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“समाजमा बालबिवाह अझै विद्यमान छ । यूवाहरु कुलतमा फस्ने डर उत्तिकै छ । तातोपानीमा बालबिवाह रोक्न पन्चवर्षिय रणनीतिक योजनानै बनेको छ । तर नागरिकलाई अझै सचेत बनाउन वडाकै आयोजनामा सडक नाटक अभियान थालेका हौ । यसबाट केहि हतमा बालबिवाह तथा लागुऔषध दुव्र्यसनी रोकिने आशा छ ।”
.
सडक नाटकमा नागरिकको उत्साहजनक सहभागिता रहन्छ । रमाईलोका साथै जनचेतना पनि प्रदान हुने भएकोले गाउँगाउँमा नाटक देखाउने योजना रहेको ४ नम्बर वडासचिव टिका प्रसाद न्यौपाले बतानुभयो । उहाँका अनुसार वडाका अन्य बस्तीमा आगामी बैशाख २ गते सम्म सडक नाटक प्रर्दशन हुने छ ।

नाटक प्रर्दशनको जिम्मेवारी जुम्लाकै स्थानीय हास्य कलाकार पुर्णप्रसाद चौलागाई,मान बहादुर कुँवर,राजकली महत,नवराज नेपाली,अर्जुन महतारा लगायतका कलाकारहरुको सहभागिता छ ।



