
जुम्ला । पश्चिम नेपालकै भरोसा केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धि गर्ने जुम्लाबा सांसदहरुले प्रतिबद्धता गरेका छन् । सोमबार प्रतिष्ठानमा आयोजित अन्तरक्रियामा जुम्लाबाट संघमा प्रतिनिधित्व गर्ने सांसद ज्ञान बहादुर शाही,कान्तिका सेजुवाल र बृन्दा कठायतले प्रतिष्ठानको आर्थिक भौतिक विकासका लागि आबश्यक पहल गर्ने बाचा गरेका हुन् ।
सांसद ज्ञान बहादुर शाहीले सुगमको सुविधा त्यागेर दुर्गमका आएर सेवा गर्ने चिकित्सकलाई धन्यबाद दिदै प्रतिष्ठान स्तरबृद्धि गर्न,विशषज्ञ डाक्टर ल्याउन, प्रतिष्ठान लक्षित विद्युत,सडक,यातायात र संचारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
आगामी बजेटमा कर्णाली प्रतिष्ठान सहित जुम्लाका अत्याआबश्यक योजना बजेटमा समाबेश हुने गरी पहल भईरहेको उहाँको भनाई छ । बजेट अभावले निर्माण भईरहेका भवनहरु अधुरा नरहने समेत प्रतिबद्धता गर्नुभयो ।
साथै सांसद कान्तिका सेजुवालले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षाको हबका रुपमा विकास गर्न केन्द्रिय सरकारको ध्यानर्कण गराईने बतउनुभयो । केन्द्र सरकारले कर्णालीको विकासमा विगतमा कन्जुसाई गरेपनि आगामी वर्षको बजेट अपेक्षा अनुसार बजेट आउने आश्साव दिईन् । सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठान,कर्णाली राजमार्ग,नाग्मगमडी सडक, र विमानस्थल स्तरबृद्धि नगरी समृद्ध जुम्ला नबन्ने कुरामा जुम्ली सांसद एकजुट भएको बताउनुभयो ।
जुम्लाबाट संघ प्रतिनिधित्व गर्ने चार जनै सांसदको प्रतिष्ठान लगायत जुम्लाको विकासमा एकमत रहेको र आगामी बजेटमा प्रतिष्ठानलाई बजेटमा प्रथामिकता दिन पहल गर्ने समेत बाचा गरेका छन् ।
कर्णाली प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले पूर्वाधार अभावका बीच दुर्गम कर्णालीका जिल्लामा विशषज्ञ सेवा दिईरहेको बताउनुभयो । कर्णाली प्रतिष्ठानको विकासमा केन्द्र सरकारको अर्जुन दृष्टि नपर्दा प्रतिष्ठानले अपेक्षित फड्को मार्न सकेको छैन् ।
उहाँले भन्नुभयो,“कुनै समय लासको पोष्टमार्टम गर्न डाक्टर कुर्ने कर्णाली अहिले राज्यलाई विशषज्ञ डाक्टर पठाउने हैसियमा छ । जुम्लामै डाक्टर उत्पादन भईरहेका छन् । तर बजेट अभावले पूर्वाधार प्रयाप्त छैनन् । भाडाका घरमा चिकित्कस बस्न बाध्य छन् । संचार,बत्ति,यातायातको सुविधा छैन् रपनि प्रतिष्ठान रफ्तारमा सेवा दिईरहेको छ । अनुसन्धान गर्दै छ । प्रतिष्ठानको औचित्यलाई बुझ्दै संघिय सरकारले लगानी बढाउनु पर्छ ।”



