
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ६ हियाखोला गाउँमा स्थित कालिका आधारभूत विद्यालय जिल्लाकै दोस्रो तथा पालिकाको पहिलो नमुना विद्यालय हो । नमुना विद्यालयका सूचकःविद्यार्थी भर्ना,छापामय कक्षाकोठा,विद्यार्थी,शिक्षक,अभिभावकको समधुर त्रिकोणात्मक सम्बन्ध,विद्यालय सुधार योजना,मैत्री पुर्ण कक्षाकोठा तथा शौचालय लगायतका पक्ष नुमना विद्यालयका सूचक हुन् ।
जुन सूचकहरु कालिका आवि हियाखोलाले विगतका केहि वर्षयता पुरा गर्दै आएपछि विद्यालय नमुनाका रुपमा कहलियो । तर पछिल्ला वर्षमा कालिका आविले विगतको जस्तै गति लिन सकेन् । नमुना विद्यालयको परिचय स्थापित गर्ने प्रयास नभएको हैन् तर सबैको सक्रियता घटेपछि विद्यालयलाई पुनः नुमना बनाउने जमर्को गरिएको छ ।
कालिका आधारभुत विद्यालयले जिल्लाकै कान्छो तथा यूवा जोश भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । मनैदेखि विद्यालय सुधारको हुटहुटी बोकेको यूवा विव्यस अध्यक्ष पाएको हो । उनी हुन,हियाखोलाकै डिल्ली कामी ।
“२१ वर्षिय डिल्ली कामी कर्णाली प्रदेशकै कान्छा विव्यस अध्यक्ष हुन् । उनको विद्यालय सुधार गर्ने,शिक्षामा गुणस्तर ल्याउने लक्ष्य र योजनामा उमेरले छेकेको छैन् । सबैको साथ सहयोगले विद्यालय शैक्षिक,भौतिक रुपमा जिल्लाकै नमुना बनाउने संकल्प छ ।”
जुम्लामा करिब १ सय ८० वटा सामुदायिक विद्यालयमा छन् । जहाँ बुढापाँकालाई मात्र विव्यस अध्यक्ष बनाइएको छ । तर दलितकै बढी बाहुल्य भएको हियाखोला बस्तीले पहिलो पटक कर्णालीकै कान्छो विव्यस अध्यक्षका रुपमा डिल्ली कामीलाई अघि सारेका छन् ।
अध्यक्ष पद सम्हालीसकेपछि डिल्लीले विद्यालयमा सक्रियता बढाएका छन् । दुर्गम बस्तीको विद्यालयलाई सुगमका विद्यालयसंग प्रतिस्पर्धा गर्ने खालको शिक्षा प्रदानका लागि आबश्यक वाताबरण बनाउनु पर्ने,शिक्षक विद्यार्थीको नियमितता र अभिभावकको सक्रियतामा जोड दिएका छन् ।
१५ बुदेँ योजना सार्वजानिक
कर्णालीकै कान्छा विव्यस अध्यक्ष डिल्ली कामीले आफ्नो तीन वर्षे कार्यकालमा विद्यालयको शैक्षिक,भौतिक तथा प्रशासनिक सुधारका लागि गर्न सकिने १५ बुदेँ योजना सार्वजानिक गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच आफ्ना योजना सुनाएका हुन् । जसमा विद्यार्थीलाई निशुल्क पोशाक वितरण देखि शिक्षकलाई नेपाली पोशाकमा ५० प्रतिशत अनुदान र विद्यालयको शैक्षिक गुणस्तर कायम सम्मका योजना रहेका छन् ।
संविधानमै माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था छ । तर सामुदायिक विद्यालयहरुले गरिब विपन्न नभनी आईडीकार्डदेखी पोशाकका नाममा बह्र्मलुट गर्दै आएका छन् । हियाखोलामा गरिब विपन्नहररु बढी भएको,आयस्रोत नभएको,हाल सम्म कोहि पनि सरकारी जागिरे नभएको र निशुल्क तथा अनिवार्य शिक्षा सरकारको नीतिलाई कार्यान्वयन गर्दै आईडी कार्डदेखि विद्यालय पोशाक सम्म निशुल्क वितरण गर्ने तयारी गरेको विव्यस अध्यक्ष डिल्ली कामीले बताए ।
उनले भने,“मेरो कार्यकालको नयाँ कामका रुपमा निशुल्क पोशाक वितरणलाई लिएको छु । दोस्रो नयाँ काम विद्यालयका सबै शिक्षकले अनिवार्य नेपाली पोशाक दौरा सुरुवाल लगाउनु पर्ने छ । जसका नेपाली पोशाकको खर्च ५० प्रतिशत विद्यालयले व्यवहोर्ने छ । यो योजना जिल्लाकै नयाँ योजना हो । यस्ता योजनाले पुराना भेषभुषा संरक्षणमा जोड दिन्छ ।

शिक्षक विद्यार्थीको आइडी निशुल्क बनाउने,तोकिएकै समयमा विद्यालयमा आउनु पर्ने,शुक्रबारीय अतिरिक्त कार्यक्रमम निरन्तर सञ्चालन गर्ने,शिक्षक,अभिभावकसंग शिक्षक सिकाई अन्तरक्रिया गर्ने,जीर्ण भवनको निर्माण गर्ने, अर्गानिक दिवा खाजालाई निरन्तरता दिने योजना छ ।
त्यस्तै कम्प्युटर शिक्षामा जोड दिने,फूलबारी व्यवस्थापन वृक्षारोपण,विद्यार्थीको निशुल्क पोशाक,खाजाघर निर्माण,बालमैत्री तथा छापामय कक्षा कोठा व्यवस्थापन,आरसीसी पक्की भवनको पहल गर्ने,महिनाको २ पटक शिक्षक विव्यसको छलफल र शिक्षकहरुले अनिवार्य दौरा सुरुवालमा आउने लगायतका १५ बुदेँ योजना सार्वजानिक गरेका छन् ।
करिब ११० घर घरधुरी रहेको हियाखोला गाउँका १ सय ३८ विद्यार्थी मात्रै कालिका आविमा पढी रहेका छन् । जसमा छात्रा ८४ र छात्र ५४ जना छात्रा रहेका छन् । दलित विद्यार्थीहरुको बाहुल्य बढी रहेको छ ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले समाज रुपान्तरण गर्न,सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न उमेरले नछेक्ने, ईच्छा शक्ति भएको खण्डमा रुपान्तरण,परिवर्तन सम्भव रहेको तथ्यलाई कान्छा विव्यस अध्यक्ष डिल्ली कामीले पुष्टी गर्ने बताए ।
खस्कीदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न यूवा जोस जाँगरले केहि उपलब्धी हासिल हुने र कालिका आवि पुरानै अबस्थामा फर्किने आशा व्यक्त गरे ।
शुक्रबार विद्यालयमा जुम्लाका पत्रकारहरुले विगतको तुलनामा विद्यालयको स्वरुपमा फेरबदल भएको,कक्षा कोठा व्यवस्थापन पनि प्रभावकारी नभएकोले नयाँ विव्यस अध्यक्षले विद्यालयलाई पुरानै अबस्थामा पुराउन विशेष योगदान गर्ने सुझाब दिएका छन् ।



