स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार शाहीलाई प्रदान

जुम्ला । स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार कल्पना शाहीलाई प्रदान गरिएकाे छ । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिकाे दोस्रो वार्षिक उत्सवकाे अवसरमा काेहलपुरकि क्रियाशील पत्रकार शाहीलाई प्रदान गरिएकाे हाे ।

शनिबार एक समाराेहकाबीच कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले शाहीलाई नगद पाँच हजार सहित कदरपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा बोल्दै न्यौपानेले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।
नगर समितिकी कार्यसमिति सदस्यसमेत रहेकी शाही सामुदायिक काेहलपुर एफ.एम.मा आवद्व छिन् । प्रेस सेन्टर नेपाल,कोहलपुर नगर सचिव शुभाकर विश्वकर्माले आफ्ना स्वर्गीय बुवाकाे स्मृतिमा प्रदान गर्दै आएकाे उक्त पुरस्कार गतवर्ष नगर सदस्य अनिता विश्वकर्मालाई प्रदान गरिएकाे थियाे ।

विश्वकर्माले उक्त पुरस्कार हरेक वर्ष जुम्ला र बाँकेकाे काेहलपुरमा क्रियाशील पत्रकारिता गर्दै आएका एक/एक जनालाई प्रदान गर्दै आएका छन् । याे पुरस्कारबाट जुम्लाका सागर परियार र विजय रावत पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हेमन्त वि.क. नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्माले राखेकी थिइन भने प्रेस सेन्टर कोहलपुर नगर कमिटी उपाध्यक्ष विवेक रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस