राजनीतिमा महिलालाई अगाडी बढाऔँ : अध्यक्ष हमाल

जुम्ला – अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमालले राजनीतिमा महिलालाई अगाडी बढाउन जोड दिएकी छन् । उनले अखिल नेपाल महिला संघ जुम्लाको नवौँ जिल्ला सम्मेलनमा यस्तो बताएकी हुन् । उनले भनिन् यसमा अनेम संघको महत्वपूर्ण भूमिका रहनु पर्दछ । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्दछ ।
महिला अधिकारकर्मी जागरुक नभएसम्म महिला आन्दोलने मुर्त रुप नलिने उनको भनाइ छ । स्थानीय सरकारको प्रमुख वा उपप्रमुख महिला हुने व्यवस्था राज्यले सुनिश्चित गरेपनि प्रमुख पदका लागि महिलाले दावी गर्नुपर्ने र यसमा महिलाले क्षमता विकास गर्नुपर्ने हमालले बताइन् ।
अनेम संघका केन्द्रीय सचिव विना रखालले महिला आन्दोलनले देश परिवर्तन गर्न सफल भएको बताइन् । पूर्ण साक्षरता घोषणा भएपनि अहिले पनि २५ प्रतिशत नागरिक निरक्षर रहेका छन् । विभिन्न प्रथाले महिलाहरू पछि परेको उनले बताइन् । सचिव रखालले भनिन्, महिलाको क्षमता विकासमा कुरीति प्रमुख बाधक बनेको छ । कुरीति तोड्नका लागि महिला स्वयम जाग्नु पर्ने उनको भनाइ छ ।
केन्द्रीय सल्लाहकार परिषद समिति सदस्य गंगा महतले महिला आन्दोलनको अग्रणी संस्था अनेम संघ भएको बताइन् । उनले भनिन् अनेम महिला संघका सक्षम र सफल नेतुत्वसहित पदाधिकारी चयन गर्ने छ । सुखि नेपाली, समृद्ध नेपाल मुल नारालाई अघि बढाउन अनेम संघको पनि महत्वपूर्ण भुमिका रहने छ ।
अनेम संघका केन्द्रीय सदस्य मेनका पछाईले महिला अधिकारका लागि आन्दोलन आवश्यक भएको बताइन् । अनेम संघको आन्दोलनले गर्दा महिला राज्यका महत्वपूर्ण ठाउँमा पुग्न सफल भएको उनको भनाइ छ । महिला अधिकार लागि संगठन जुनसुकै आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।
यसैगरी, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले महिला सशक्तिकरणका लागि तयार हुनु पर्ने बताए । महिला र पुरूषले समाज परिवर्तन गर्ने भएकाले मिलेर काम गर्नुपर्ने उनको भनाई छ । उनले भने, कानुनले व्यवस्था भए बमोजिम ३३ प्रतिशत अधिकार कार्यन्यन एमाले पार्टीले पुर्ण रूपमा पालना गर्ने गरेको छ । जिल्ला सम्मेलनले नयाँ नेतृत्वसहित पदाधिकारी चयन गर्ने अनेम संघ जुम्लाकी अध्यक्ष मेनका रेग्मीले बताइन् ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस