जुम्लामा मनाइयो ६९ औँ प्रहरी दिवस (फोटो फिचर)

जुम्ला । जुम्लामा पनि ६९ औँ प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा बुधबार प्रहरी दिवस भव्य रुपमा मनाइएको हो । दिवसका अबसरमा अमर प्रहरीका परिवार,उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी,विभिन्न खेलमा उत्कृष्ट स्थान ल्याउने प्रहरी र जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन विभिन्न तवरबाट सहयोग गर्ने सहयोगी निकायलाई सम्मान तथा पुरुस्कृत गर्दै मनाइएको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले बताए ।

सिमित साधन स्रोतका बीच पनि जुम्लाको शान्ति सुरक्षाका लागि प्रहरी सधै तैथान रहेको समेत डिएसपी कामतीले उल्लेख गरे । नागरिक पनि बिना बद्रीका प्रहरी भएकोले समाजमा शान्ति स्थापना गर्नका लागि उल्लेखीय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अब प्रहरी समाजले चाहेको जस्तो अनूकुल बन्नु पर्ने बताए । भूगोलिक कठिनाई,बढ्दो नागरिकको चाप,न्यून दरबन्दि र साधन स्रोतको अभावका बीच प्रहरीले दिएको सेवा प्रसंशनीय भएपनि नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनु पर्ने उनको भनाई छ ।

आम नागरिक र प्रहरी बीचको सम्बन्धलाई समधुर बनाउन प्रहरीले आफ्ना काम नागरिक मैत्री बनाउनु पर्ने र नागरिकले पनि निवास्र्थ सहयोग गर्नुपर्ने प्रजिअ शाहीले उल्लेख गरे ।

कार्यक्रममा सहभागी सरोकारवालाले भूगोलिक कठिनाई,सिमित स्रोत साधन,न्युन जनशिक्तकी बीच जुम्लाको शान्ति सुरक्षामा उल्लेखीय भुमिका खेलीरहेको बताएका छन् । अझै राज्यबाट नागरिकहरु सुरक्षित रहेको अनुभुति हुने खालको प्रहरीले सेवा दिनुपर्नेमा समेत जोड दिएका छन्

प्रहरी दिवसको अबसरमा ब्याटमिन्टर र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा उत्कृष्ट हुने खेलाडी र टिमलाई मेडल,ट्रफि सहित सम्मान गरिएको छ । भलिवल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको टिम विजेता र कर्णाली प्रदेश विपद व्यवस्थापन गुल्म उपविजेता भएको थियो ।
दिवसमा जिल्लाका सबै सुरक्षा निकाय,सरकारी तथा गैसरकारी कार्यालयका प्रमुख,नीजि क्षेत्र,नागरिक अगुवा र पत्रकारहरुको सहभागिता थियो ।

तस्बिरहरुः मानदत्त रावल । कर्णाली मिसन

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस