जुम्ला । ‘हाम्राे परम्परा,हाम्राे पहिचान’ काे नारा सहित २०६८ सालबाट सुरु भएकाे लाेकवार्ता परिषद नेपाल १३ वर्षकाे यात्रामा छ ।
२०६८ सालमा पाेखराकाे पृथ्वी नारायण क्याम्पसबाट प्राध्यापक डाक्टर कुसुमाकर न्याैपानले सुरु गरेकाे लाेकवार्ता परिषद नेपालकाे १३ वर्षे यात्रा आज सम्म अनवरत रुपमा चलिरहेकाे छ ।
लाेक साहित्य,भाषा,कला संस्कृति,परम्परा,रितिरिवाजकाे संरक्षण तथा प्रर्वद्दन गर्ने उदेश्य सहित प्रा.डा.न्याैपानेले एकल परिकल्पनामा लाेकवार्ता सम्बन्धि पहिलाे संङ्गाेष्ठी पाेखरामा आयाेजना गरेका हुन् ।
गाउँका संस्कृति,गाउँमै खाेज्ने,गाउँमै प्रस्तुत गर्ने र जाँगर ल्याइ उनकाे संरक्षण र संम्वद्दन गर्ने उद्घाेषकका साथ न्याैपानेकाे परिकल्पनामा प्रारम्भ भएकाे लाेकवार्ताकाे अभियान अहिले देशभर फैलिएकाे छ । पाेखराकाे पहिलाे सङगाेष्ठिमा लाेक साहित्यका सबै विधामा विद्याबारिधि गरेका विध्वानहरुले गाेष्ठि पत्र प्रस्तुत गरेका थिए ।
एक व्यक्तिबाट सुरु भएकाे अभियानमा आज हजाराै बाैद्दिक व्यक्तिहरु मात्र जाेडिएका छैनन् । सुगम देखि दुर्गमका गाउँ गाउँ सम्म पुगेर लाेक साहित्य र परम्परा जाेगाउन लाेकबार्ताका सङ्गाेष्ठिहरु भईरहेका छन् ।
संङगाेष्ठिमा प्रस्तुत हुने कार्यपत्रले पुराना लाेक साहित्य परम्पराकाे संरक्षणमा जाेड दिनुका साथै नागरिकमा पनि जाँगरण पनि फैलाएकाे छ ।
साथै लाेकवार्ता परिषदकाे दाेस्राे संघगाेष्ठि भैरवामा,तेस्राे धनगडिमा भयाे । चाैथाे संघगाष्ठि गर्ने क्रममा यश अभियानले आर्थिक व्यवस्थापन पनि गर्नु पर्ने भएकाेले अभियानलाई संस्थागत रुप दिने सल्लाहनुसार लाेक वार्ता परिषद नेपाल नामकाे संस्था खाेली त्यसलाइ निरन्तरता दिईएकाे प्राध्यापक डाक्टर कुसुमाकर न्याैपानले बताए ।
उनले भने,’यश अभियानकाे १३ ओैँ सङगाेष्ठी कर्णालीका विभिन्न जिल्लामा भईरहेका छन् । जुम्लाकाे ताताेपानीमा सम्पन्न भईसकेकाे छ । सिंजा हुँदै मुगु पुग्ने तयारी छ। जसमा ३०/३० जना विषय विज्ञहरु काठमान्डाै लगायत विभिन्न ठाउँबाट कर्णालीका जिल्लामा भ्रमण गर्दै स्थानीय अनुसन्धान कर्ता र लाेकवार्ताका सम्पादक हरुलाई उत्साहित बनाउदै घुम्नु भएकाे छ । याे अभियानले कर्णालीकाे परम्परा जाेगाउने अपेक्षा छ ।’
परिषदकाे अनवरत १३ वर्षे यात्राकाे सन्देश भनेकै आफ्नाे पहिचान,हाम्राे संस्कृति आफै जाेगाउ भन्ने हाे । लाेकबार्ता परिषद सस्थागत रुपमा दर्ता भएर अघि बढेपछि निरन्तर संघगाेष्ठी आयाेजना गर्ने कार्यपत्र प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिईएकाे न्याैपानेले उल्लेख गरे ।
यूवा,लेखक,साहित्य प्रेमिलाई आफ्ना परम्परा,कला साँस्कृति जाेगाउन उत्तरदायि बनाउने मनसायले जिल्ला जिल्लामा कार्यक्रम गरिरहेकाे र यसकाे निरन्तर यात्रा चलिरहने उनकाे भनाई छ । अहिले लाेकबार्ता परिषद नेपालकाे अध्यक्ष भवेश्वर पंगेनी छन् ।
लोकवार्ता परिषद् नेपालद्वारा आयोजित तेह्रौं राष्ट्रिय संगोष्ठी सफलतापूर्वक जुम्लाकाे ताताेपानीमा सम्पन्न भएको छ। कला,संस्कृती परम्पराकाे संरक्षणमा जाेड दिदै आएकाे ताताेपानी गाउँपालिकाकाे सहयाेगमा तेह्राैँ संगोष्ठी पर्यटकीय क्षेत्र ताताेपानी धारामा सम्मपन्न भएकाे हाे ।जसकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य थिए ।
कार्यक्रममा लोक संस्कृति सम्बन्धी विभिन्न विषयमा गहन अध्ययन र विश्लेषण प्रस्तुत गर्दै १३ वटा कार्यपत्र प्रस्तुत गरियाे । भने,संगोष्ठीको विशेष आकर्षणको रूपमा स्थानीय सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरियो। जसमा पञ्चे बाजा, हुड्के, बालो नाच, मागल जस्ता परम्परागत सांस्कृतिक प्रस्तुती राखिएकाे थियाे ।
यस्ता कार्यक्रमहरू स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने जिसस प्रमुख गाैरीनन्द आर्चायले विश्वास व्यक्त गरे ।
आचार्यले भने,’हाम्रो संस्कृतिको संरक्षण र जगेर्ना अहिलेको आवश्यकतामा पर्छ। यस्ता संगोष्ठीहरूले स्थानीय लोककला र संस्कृति प्रवर्द्धनमा टेवा पुग्ने छ।’
संगोष्ठीमा सहभागी विद्वान् तथा अनुसन्धानकर्ताहरूले लोकसंस्कृतिमा देखिएका विभिन्न चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै यस क्षेत्रको गहिरो अध्ययनको खाँचो रहेको औंल्याएका थिए।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईले जुम्लाका भाषा साहित्य,कला संस्कृतिकाे संरक्षण र प्रर्वद्दन गर्नका लागि यस्ता सङगाेष्ठी जस्ता अन्य कार्यक्रम हुनु पर्ने बताए । संस्कृति र सभ्यता संरक्षण सम्बन्धि कार्यक्रममा पालिकाले सक्दाे सहयाेग गर्ने उनकाे भनाई छ ।



