
जुम्ला । कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा ६ वर्षिय बालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नं. ५ का ५१ वर्षिया पदम बहादुर बम ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा नं. ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जानकारी दिएको छ ।
क १ ज, ५६ नम्बर को जिप खिनदेखी थिर्पुसम्म आउदै गरेको थियो । दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको ।
घाइतेको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । घाइते हुनेमा बिजय थापा इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक,रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायार गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भिर घाइते रहेको जनाएको छ । गाडी सडकदेखी २ सय मिटर तल खसेको थियो ।
यस अघिको समचारमा ११ जनाको मृत्यु भनिएकोमा सच्याइएको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भन्छन,‘घटना भएको सुरुवातमा पलाँता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले जानकारी दिएनुसार ११ जनाको मृत्यु भयो भनिएकोले मैले त्यहिनुसार भनेको हुँ । हाल ६ जनाको मृत्यु भएको पृष्टी भएको छ ।’
दुर्घटनामा घाईते भएका १३ जना लाई हेलिकप्टर मार्फत उद्दार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।