विरामीलाई पाेषिलाे आहारा बाडेर माओवादी नेता गौतमले मनाए जन्मदिन

जुम्ला । तातोपानी गाउँपालिका – ४ गाैतमवाडाका कृषक तथा माओवादी नेता दीपक गौतमले ४३ औं जन्मदिनका अवसरमा विरामीलाई पाेषिलाे आहारा वितरण गरेका छन ।

उनले जन्मदिनकाे अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका हुन् । नेता गौतमले बिरामीलाई दुईवटा लोकल कुखुराकाे अण्डा, दुईवटा स्याउ र एक फ्रुटि वितरण गरेका हुन् ।

बिरामीहरूले पोषिलो खाद्य सामग्री पाउँदा खुशी व्यक्त गरे भने अस्पताल प्रशासनले समेत उनको यो योगदानको प्रशंसा गरेको छ ।

कर्णालीका विकट बस्तीबाट आएका बिरामीहरूका लागि पोषिलो खानाको अभावलाई ध्यानमा राख्दै उनले यस्तो कदम चालेको बताएका छन्। जसले बिरामीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको बुझाई छ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस