जुम्ला । डेढ दशकपछि हुन लागेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रथम दिक्षान्त समाराेहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (आज) जुम्ला आउने भएका छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आज विहान ११ बजे जुम्ला आईपुग्ने भएका छन् । पहिलाे पटक प्रतिष्ठानका ५८ जना विभिन्न फ्याकल्टिका विद्यार्थी दिक्षित हुँदै छन् ।
यश अघि भदाै २३ गते सबै तयारी भएपनि अन्तिम समयमा प्रधानमन्त्री ओलीकाे कार्यव्यस्थताले दिक्षान्त समाराेह स्थगित भएकाे थियाे ।
प्रधानमन्त्रीकाे यस्ताे छ कार्यतालिका
प्रधानमन्त्री ओली ११ बजे जुम्ला आईपुग्ने छन् । भने सर्वप्रथम प्रतिष्ठानकाे शैक्षिक तथा प्रशासनिक भवनकाे उद्घाटन गर्ने छन् ।
नवर्निमित भवनकाे रिवन काटेर ताम्रापत्र अनावरण गरि उद्घाटन पछि प्रतिष्ठानकाे सिनेट बैठक बस्ने छ । सिनेट बैठक २० मिनेट बस्ने कार्यतालिका छ । कुलपति ओलीकाे अध्यक्षमा बस्ने सिनेट बैठकले प्रतिष्ठानका विभित विषयमा छलफल हुने छ ।
सिनेट बैठक सकिए लगत्तै प्रथम दिक्षान्त समाराेहमा प्रधानमन्त्री ओली सरिक हुने छन् । विशेष गरि यी ३ वटा कार्यक्रममा सहभागी हुन प्रतिष्ठानकाे विशेष निमन्त्रणामा प्रधानमन्त्री ओेली जुम्ला आउन लागेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।
उनका अनुसार तयारी सबै पूरा भईसकेकाे छ । प्रधानमन्त्रीकै आगमनकाे पर्खाईमा छाै ।
त्यस्तै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले पार्टि अध्यक्ष ओलीकाे प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेटघाट समेत हुने बताए ।



