जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सरकार पिच्छे योजना र नीति कार्यक्रम फेरिने परिपाटीको अन्त्य गरिएको बताए । सत्ता साझेदार दल फेरिने वित्तिकै सरकार योजनानै फेरिने,नीतिनै बदलीने परिपाटीको अन्त्य गरिएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
शुक्रबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले भने,‘सरकार पिच्छे फेरिने योजना र नीतिले अस्थिरता निम्त्यायो । लगानीअनुसार प्रतिफल पनि पाईएन् । कर्मचारीहरुलाई पनि योजना कार्यान्वयनमा झन्झट हुने देखियो । त्यसैले हाम्रो पालाबाट सत्ता साझेदार फेरिने वित्तिकै योजनानै फेरिने प्रबृत्ति अन्त्य गरेका छौ । यसले विकास निर्माण,सेवा प्रवाह सुशासन कायममा स्थिरता ल्याउने अपेक्षा गरिएको छ ।’
विकासमा स्थिरता ल्याउन सरकार र सहयात्री परिवर्तन हुँदा योजना परिवर्तन हुने परिपटीलाई निरुत्साहित गरेको मुख्यमन्त्री कँडेलले दाँबी गरे । प्रदेशका योजना बिचौलियाको पकटमा रहेको गुनासो पनि त्यतिकै जोड उठिरहेको छ । योजना किनबेच गर्ने वस्तु होईन् । व्यापारिक साधन पनि होईन । योजना जनताका लागि हो भन्ने जाँगरण फैलाउन पनि जिल्ला जिल्लामा पुगेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
साथै अब योजना छनोटको सकेसम्म छुट्ै नीति बनाउने नभए निश्चित मापदण्ड तोकेर मात्रै योजना छनोट गरिने भएको छ ।
कर्णालीमा योजना ल्याएको भन्दै पैसा खाने,विल भरपाई उठाएको निउँमा शुल्क तिर्नु पर्ने गुनासा बढीरहेकोले अब योजनापास देखि भुक्तानी सम्म अब कसैले कुनै पनि अत्तिरिक्त शुल्क तिर्नु पर्दैन् ।
त्यस्तै कर्णालीको भौगोलिक विकटता र पूर्वाधार विकासको आबश्यकतालाई मध्यनजर गर्दै ३० लाख माथिका योजना मात्रै प्रदेशले पठाउने र ३० लाख मुनिका कुनै पनि टुक्रे योजना कार्यान्वयन नहुनेमा समेत मुख्यमन्त्री कँडेलले जोड दिए ।
उत्पादनका आधारमा मात्रै कृषि अनुदान दिने,उत्पादनको बजारीकरण,किसानको प्रोत्साहन,ढुवानीमा सहुलियत जस्ता कुरामा समेत ठोस नीति बनाएर कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रष्ट पारे ।
आन्तरिक आय बृद्धि गर्न,कर्णालीको जल,जमिन,जडिबुटि,जंगल,पर्यटन, लगायतका सम्भावनालाई प्रर्बद्धन गर्दै आर्थिक समृद्धी र रोजगारी सृजनाको वाताबरण बनाउन सरकारले कसरत गरिरहेको उनको भनाई छ ।
गत आवको तुलनामा चालुको प्रथम चौमासिक खर्च न्युन भएको प्रश्नमा मुख्यमन्त्री कँडेलले प्रष्ट पार्दै भने,‘चालु आर्थिक वर्षको चार महिनामा प्रदेशका ५० प्रतिशत योजना निर्माणको प्रक्रियामा गएका छन् । पुँजीगत खर्च अपेक्षित छैन् । तर गत वर्षतिर असारको भुक्तानी साउन भदौमा दिएर खर्च प्रतिशत बढाईन्थ्यो । तर हामीले असारको सबै भुक्तानी असारमै दियौ । चालुमा न्युन खर्चदेखि पनि योजना अधिकांश निर्माणको प्रक्रियामा पुगेका छन् ।’
सुर्खेतमा पनि मेडिकल कलेज संचालन गर्ने पक्षमा आफु नभएको तर डाक्टर भगवान कोईरालाको संयोजकत्वमा समिति गठन गरी सुर्खेतमा शिक्षक अस्पताल खोल्न सम्भावना चुनौती के कस्तो छ भन्ने विषयमा छलफल अघि बढेको उल्लेख गरे । कर्णालीमा बजेटको कमि छैन्, तर काम हुन सकेको छैन् त्यसैले निर्माण व्यवसायीलाइ समेत जिम्मेवार बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाई छ
शनिवार सम्म जुम्लामै बस्ने मुख्यमन्त्री कँडेलले जिल्ला स्थित संघ तथा प्रदेशका कार्यालय प्रमुख संग छलफल गर्ने,योजनाको विकास निर्माण योजनाको अनुगमन गर्न,सर्वदलिय बैठक गर्न तथा किसान संग अन्तरक्रिया गर्र्ने छन् ।
।



