जुम्लाको कोदो क्यानडा सम्म

क्यानडा निर्यातका लागि तयारी गरिएको कोदो लगायत अन्य रैथाने बस्तु । तस्बिरः सागर परियार

जुम्ला । जुम्लामा उत्पादन हुने रैथाने कोदोको बजारीकरण राष्ट्यि बजारमा मात्रै सिमित छैन् । करिब ८–१० वर्ष पहिले जुम्लामा प्रयाप्त मात्रामा उत्पादन हुने कोदो किसानका ढरा भकारीमै कुहिन्थ्यो । त्यतिबेला रैथानेबालीको बजारीकरण खास्सै थिएन् ।

पछिल्लो केही वर्षयता जुम्लाको रैथानेबाली भर्खर बजारमा जान थालेको थियो,उत्पादन घट्दै गयो । उत्पादन घट्दै गएपनि जुम्लाको रैथाने बालीको बजारीकरण राष्ट्यि बजारमा मात्र सिमित रहेन् । माग र आबश्यकतानुसार जुम्लाको रैथानेबाली कोदो र मार्सी चामल पहिलो पटक राष्ट्यि बजार क्यानडा सम्म पुगेको छ ।

जुम्लाका व्यापारी राज शाहीले जुम्लाका गाउँ गाउँमा पुगेर संकलन गरी पहिलो पटक एक टन कोदो क्यानडाको टोरन्टो कम्पन्नीमा निर्यात गरेका थिए । टोरन्टो कम्पन्नीका संचालक पूर्ण कंडेलको माग अनुसार पहिलो पटक जुम्लाका शाहीले एक टन रैथाने कोदो क्यानडा पुराएका हुन् ।

नेपालबाट गुणस्तर मापन गरी लेविङ प्याकेजिङ गरेर क्यानडा निर्यात भएको कोदोले राम्रै मुल्य पायो । कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख समेत रहेका राज शाहीले सुक्खा बन्दरगाहको प्रयोग गर्दै पहिलो पटक जुम्लाको एक टन कोदो,४ टन सिमि र १४ टन मार्सी चामल क्यानडा निर्यात गरेका हुन् ।

क्यानडा स्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले अर्गानिक जिल्लाको उत्पादनलाई रोज्दै पहिलो चरणमा कोदो लगायतका केही बालीको माग गरेनुसार पठाइएको शाहीले उल्लेख गरे । कोदोको कार्टुनमा नेपाली झण्डा अंकित लोगो राखेर लेवलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो । पहिलो पटक कोदो,सिमि र चामल पठाएपनि पछिल्लो दुई वर्ष यता निर्यात भएको छैन् ।

अहिले राज शाही यूरोप तिर रैथाने बालीको थप अध्ययन तथा अनुसन्धानका लागि गएका छन् । अध्ययनपछि स्वदेशमै फर्किएर रैथानेबालीको बजार प्रर्बद्धमा होमिने उनको योजना छ ।पहिलो पटक विदेशी बजारमा पुगेको जुम्लाको कोदो यहाँको पातारासी,तातोपानी र तिला गाउँपालिकाका किसानबाट संकलन गरी लगिएको हो । अन्यबाली भन्दा कोदोको पिठो सबैभन्दा बढी विक्री भएको राज शाहीले जानकारी दिए ।

जुम्लाको सिंजा क्षेत्रबाट २ सय क्वीईन्टल तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट २ सय क्वीईन्टल,तिला गाउँपालिकाको जुम्लाकोट,रासामालापानी लगायतका क्षेत्रबाट ३ सय क्वीइन्टल र पातारासी गाउँपालिकाबाट ३ सय क्वीईन्टल गरी एक टन कोदो काठमान्डौँ हुदैँ क्यानडा पुराइएको हो ।

स्थानीय जीवनबहादुर खत्रीले स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताए। उनले भने,‘गाउँ घरमा हेला गर्ने बाली कोदो क्यानडा पुगेपछि खुसी नहुने कुरै छैन् । विगतको जस्तो नभएपनि किसान अहिले किसानले थोरै भएपनि कोदो खेत ीगर्न थालेका छन् । कोदो जस्तै अन्यबाली पनि निरन्तर विदेशी बजारमा पूराउने जिम्मा सरकारले लिुनुपर्छ ।’

गत साल गत फागुनमै काठमान्डौबाट क्यानडा निर्यात भएको जूम्ली रैथाने बाली एकप्तामा पुगेको थियो । जुम्लीको उत्पादन अन्र्तराष्ट्यि बजारमा पुग्नु चानचुने बिषय होइन । उनले सुर शुर बुढाले भने,‘किसानले आफ्नै खेतबारीको महत्व बुझ्न जरुरी छ । आमदानीको स्रोत पनि स्थानीय उत्पादन बनाउनु बाँझो जमिन हराभरा बनाउन जरुरी छ । विशेषगरी कोदो,फापर खेतीमा जोड दिनुपर्छ ।’

’राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली कोदो मार्सी, सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको छ । विश्व बजारमा जुम्ली रैथानेबालीको माग बढेसँगै तत्काल अष्ट्रेलियाबाट माग आएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस