जुम्ला । स्वास्थ्य सेवा प्रवाहमा पश्चिम नेपालकै भरोसा केन्द्र बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अध्यापनमा पनि देशकै राेजाईकाे केन्द्र बन्न थालेकाे छ । स्थापनाकाे डेढ दशकमा प्रतिष्ठानले स्वास्थ्य सेवा,अनुसन्धान तथा अध्ययन क्षेत्रमा गरेकाे उल्लेेखीय कामकै कारण चिकित्सा शिक्षा अध्ययनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैकाे राेजाई बन्न थालेकाे हाे ।
जल,जमिन,जडिबुटि,जलविद्युत,पर्यटनकाे प्रचुर सम्भावनाका बीच पनि जुम्ला विकट क्षेत्रका रुपमा कहलियाे । यहाँकाे विकटता देख्नेहरुले नदेखेकाे सम्भावना लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उजागर मात्र गरेकाे छैन् ।
कुनै समय शवकाे पाेष्टमार्टम गर्न डाक्टर कुर्ने कर्णाली,समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य कर्णाली अहिले विशषज्ञ डाक्टर उत्पादनकाे थलाे बनेकाे छ । प्रतिष्ठानकाे स्थापनापछि कर्णालीका दुरदराज गाउँ बस्ति गुणस्तरीय स्वास्थ्य सेवाकाे पहुँचमा पुगेकाे तथ्यलाई पनि नर्कान सकिदैन् ।
कुनै समय डाक्टर कुर्ने जुम्लाले देशभर डाक्टर पठाएर,मेडिकल काउन्सीलका विभिन्न लाईसेन्स परिक्षामा शत प्रतिशत उर्तिण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नाे अब्बलता स्थापित गरेकै कारण सुगम क्षेत्र छाडेर डाक्टरी अध्यायन गर्न जुम्ला आउनेकाे लर्काे बढि रहेकाे छ । जसले गर्दा दुर्गममा स्थापना गरिएकाे प्रतिष्ठानले आफ्नाे औंचित्य पृष्टि समेत गरेकाे छ ।
यसैबीच कर्णाली प्रतिष्ठानमा संचालित विभिन्न फ्याकल्टीमा नयाँ भर्ना भएका विद्यार्थी जुम्ला आईपुगेका छन् । एमबीबीएस,बीएनएस,बी फार्ममा,बीएसी नर्सिङ,विपीएच लगायत विषय अध्ययन गर्न नयाँ भर्ना भई जुम्लामा हालसम्म १०४ जना विद्यार्थी जुम्ला आईपुगेका छन् ।
विहिबार नयाँ भर्ना भएका विद्यार्थी,उनिहरुका अभिभावक तथा प्रतिष्ठानबीच अभिमुखकरण कार्यक्रम गरिएकाे छ । अभिमुखीकरणमा प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल धामीले कर्णाली प्रतिष्ठानलाई विश्वास गरि अध्यायनकाे गन्तव्य बनाउन जुम्ला पुगेका देशभरका विद्यार्थीलाई स्वागत गर्दै देशकै अब्बल जनशक्ति बनाएर पठाउने बताए ।
संघिय राजधानी काठमान्डाैंकाे सुविधा सम्पन्न विश्वविद्यालय छाेडेर कर्णालीलाई गरेकाे विश्वासले अध्यायन तथा अनुसन्धानका लागि कर्णाली प्रतिष्ठान थप जिम्मेवारी बाेधसंगै गाैर्भान्वित महसुश भएकाे उल्लेख गरे ।
विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका-५ का सुरज उपाध्यायले कुनै समय कुम्लाे कुटिराे बाेकेर काठ्मान्डाै पढ्नु जानू पर्ने अबस्था अन्त्य भएर अहिले काठ्मान्डाैबाट भारी बाेकी जुम्ला आउनु पर्ने अबस्था बनेकाेले खुसी व्यक्त गरे ।
गरिबी,अभाव,राेग भागकाे उपनामले कहलिएकाे कर्णाली,त्यसमा पनि जुम्ला चिकित्सा शिक्षा अध्ययनकाे केन्द्र बनेपछि परिबेश फेरिएकाे छ । उनले भने,’म पहिले कुम्लो बोकेर उच्च शिक्षा पढ्न काठमाडौं गएको थिए अहिले काठमाडौं बाट उच्च शिक्षा पढ्न कुम्लो बोकेर जुम्ला आएको छु । स्वास्थ्य क्षेत्रका भएकाे उदाहरणिय विकासले याे सम्भव भयाे । दुर्गम कर्णाली अब दुर्गम रहेन् । जुम्लामा यस्तो सम्भावना ल्याउनु भएकोमा निकै धन्यबाद । यहाँको शिक्षा गुणस्तर भएकाे र आफ्नै जन्मभुमिमा पढ्न पाउने भएकोले खुसी छु ।’
एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेकी रामेछापकी सम्झना मगर,गुल्मीकी चन्द्रकला अर्याल,काठमान्डाैकी प्रतिक्षा ज्ञावाली,नवलपरासीका सागर विश्वकर्मा,ललितपुरकी पुष्पा डंगाेल लगायतका विद्यार्थीले कर्णाली प्रतिष्ठानकाे पठन पाठन,व्यवस्थापन लगायतका सबै पक्ष अब्बल लागेर अध्यायनका लागि जुम्ला राेजेकाे बताएका छन् ।
अभिभावकहरुका तर्फबाट बाेल्दै दाङका हुम बहादुर डाँगीले भनेे,’कर्णालीकाे विकटता भित्र लुकेका सम्भावना बुझेर मेरी छाेरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला राेजेकाे हुँ । म डाक्टर होइन। मलाई सुइ लगाउन आउँदैन। तर, घरमा सुइ लगाउने मान्छे होस् भनेर कर्णाली राेजेकाे हुँ । देशका सुविधासम्पन्न कलेजमा पनि जान सक्थे । तर सम्भावना र भविष्य कर्णालीमै देखे । हाम्राे आशा र विश्वासलाई प्रतिष्ठानले पूरा गर्ने छ ।’
प्रतिष्ठानमका विभिन्न फ्याकल्टी तर्फ १०४ जना विद्यार्थी भर्ना भईसकेका छन् । भने आउने क्रम जारी रहेकाे छ ।
जसमा एमबीबीएस तर्फ–४३ जना,विपिएचमा– १५,बी फारमा तर्फ–१४ जना,बीएचसी नर्सिङ पढ्न–१७ जना,बीएनएस तर्फ–१५ गरि कुल १०४ जना विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेकाे स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओप प्रकाश काफ्लेले बताए ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले विद्यार्थीहरूलाई उदेश्य पूरा गर्न दृढ रहन प्रेरित गर्दै भने,’जुन उदेश्यले आउनुभएको छ, सोही अनुसार आनन्दले पढ्नुस्। उदेश्य पूरा गर्नुस्।’
विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलिरहेको भूमिकाबारे प्राध्यापक क्षितिज उपाध्यायले भने,’यहाँको एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ। पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ।’