
जुम्ला । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री म आदित्यनाथ योगीले कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरकाे ऐतिहासिकता प्रति चासाे व्यक्त गरेका छन् ।
मुख्यमन्त्री याेगीले महाकूम्भ मेलाबाट एक सन्देश प्रवाह गर्दै चन्दननाथ प्रति चासाे व्यक्त गरेका हुन् । राष्टि्य स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायत कूम्भ मेला गएकी थिईन् ।साेहीक्रममा मुख्यमन्त्रीलाई भेट्ने सांसद कठायतकाे तयारी पनि थियाे ।
सांसद कठायतले कर्णाली मिसनसंग भनिन,’मुख्यमन्त्री भेटेर जुम्लाको चन्दननाथमा भ्रमण गराउने इच्छा थियो । सोही अनुसार चन्दनाथ मन्दिरको तर्फवाट निमन्त्रणा पत्र पनि लिएका थियौं । महाकुम्भको व्यवस्थापनमा ४० करोड मनिसको गतिशिलतालाई नियमित निगरानी राख्नु र मर्यादित पार्नु मुख्यमन्त्रीको लागि विशेष समय थियो । यतिधेरै व्यस्तताको विचमा पनि नेपालको धार्मिक स्थलहरुको पवित्रता र महत्वको बारेमा मुख्यमन्त्री योगीले भिडियो अन्तर्वाता र लिखित प्रतिक्रिया दिइ रहनु भएको छ ।’

कैलश पर्वतक्षेत्रबाट उत्पति भएका चारवटा मुख्य नदी मध्ये करोडौं हिन्दुहरुको आस्था र आत्मबल वनेर सिंचिंतहुँदै बगेको कर्णाली नदीले उत्तरप्रदेशमा धार्मिक उर्जा प्रवाह गरिरहेको छ । उत्पती भएको कैलाशमानव सरोवर देखि नेपालको पवित्र कर्णाली तपोभूमीका हजारौं खोला र नदीको जलको मिश्रणवाट थप पवित्रहुँदै उत्तरप्रदेश सम्मको यात्रामा सयौं धार्मिक गन्तव्यको गुञ्जन बोकेको हुन्छ ।
नाथहरुको महत्वपूर्ण क्षेत्र चन्दननाथमा योगीको भ्रमण गराई विश्वका हिन्दुहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले सार्थकता पाउने विश्वास गरिएकाे सांसद कठायतले बताईन् ।

चन्दननाथ प्रति चासाे सहितकाे पहिलाे प्राप्त भएको यो पत्र लागि उनले मुख्यमन्त्री योगी लगायत सबैमा धन्यबाद दिएकी छन् । यदपी मुख्यमन्त्री याेगी संग भेट नभएकाे उनका सचिवालय सदस्यसंग भेटेर निमन्त्रणा दिएकाे र महाशिवरात्रीपछि भेट हुने उल्लेख गरिन् ।