
जुम्ला । नेपालमा सीप क्षामता र दक्षतानुसार उपयुक्त राेजगारी नहुँदा यूवा पलायन बढ्दाे छ । संघियतापछि पनि तीनै तहका सरकारले यूवा शसक्तिकरण,राेजगारी सृजना र उत्पादनमुलक क्षेत्रमा लगानी नर्गदा नेपाली यूवा युवती कामकाे खाेजीमा खाडी मुलक भाैतारीन बाध्य छन् ।
राष्टि्य जनगणना २०७८ काे तथ्यांकअनुसार कर्णाली प्रदेशका मात्रै बैदेशिक मुलुकमा राेजगारी तथा अध्यायनका लागि जानेकाे संख्या ९४ हजार रहेकाे छ । याे संख्याले पनि यूवा पलायन बढी रहेकाे स्पष्ट देखिन्छ ।
गाउँमा राेजगारी नहुँदा घर व्यवहार चलाउनका लागि विदेशीएका यूवा यूवतीकाे सुरक्षा र तथा वकालतका लागि दुतावास,स्वयम सरकार र अन्य निकायले अपेक्षित काम गर्न सकेका छैनन् । बेला बेला ठगिएकाे,यातना खेप्नु परेकाे,भनेनुसारकाे काम र पारिश्रमिक नपाएकाे जस्ता समस्या आउने गरेपनि सरकारी तवरबाट खास्सै चासाे देखाएकाे पाईदैन् ।
जसका कारण घर छाेडेर प्रदेशीएकाहरुकाे विचल्ली हुने गरेकाे छ । तर राेजगारीकाे सिलसिलामा कतार पुगेका कर्णालीबासीकाे सुरक्षा तथा पेशागत हित र वकालतका लागि ‘कर्णाली प्रदेश समन्वय परिषद कतार’ले पैरवी गर्दै आएकाे छ ।

कर्णालीबाट कतारका कति काम गर्न गएका छन् भन्ने संख्या एकिन नभएपनि विभिन्न पेशा र व्यवसायमा रहेका,राेजगारीका लागि गएका तर सम्पर्कमा भए यूवा यूवतीहरुकाे पेशागत सुरक्षा र तथा दु:ख पर्दा वकालत गर्ने काम कर्णाली प्रदेश समन्वय परिषद कतारले गर्दै आएकाे छ ।
कर्णालीका १० वटै जिल्लाबाट राेजगारीकाे क्रममा कतार पुगेकाे हजाराै यूवा यूवतीकाे लागि कर्णाली प्रदेश समन्वय परिषद कतार भराेसा केन्द्र समेत बनेकाे छ । परिषद स्थापनाकाे ६ वर्षकाे अबधिमा धेरै कर्णालीबासीकाे राहत उद्दार तथा पुर्नस्थापनाकाे समेत काम गरेकाे छ ।
विभिन्न पेशा व्यवसायमा भएपनि आपसी समझदारी तथा एकता र समन्वय गरि अघि बढेकाे रुपक सिंजाली बताउँछन् । घर छाेडेर प्रदेशिएपछि साथमा काेहि नहुने रहेछ ।
उनले भने,’हामीले कर्णालीबाट कतार आउने जाेसुकैले आफ्नाे एक्लाे महसुश नगरुन,सुख दुख सुनाउने, अप्ठयाराे पर्दा समस्या समधानका लागि वकालत गर्ने हाम्राे लागि निकाय छ भन्ने भराेसा कायम गर्न समन्वय परिषद कतार स्थापना भएकाे हाे । यसले ढुक्क भएर काम गर्ने,आफ्नाे सम्मानका लागि लड्ने वातावरण बनाएकाे छ । अझै यसलाई मझबुद बनाउन हामी लागि परेका छाै ।’

विदेशमा रहेर आफ्नाे पेशागत हक अधिकारकाे सुरक्षा संगै कर्णालीका भाषा साँस्कृति परम्पराकाे समेत संरक्षणमा समेत कर्णाली प्रदेश समन्वय परिषद कतार जुटेकाे छ ।
तेस्राे अधिवेशनबाट नयाँ कार्यसमिति चयन
कर्णाली प्रदेश समन्वय परिषद् कतारले आफ्नो छैठौं वार्षिक उत्सव तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेकाे छ । “कर्णाली सभ्यता र भाषा हाम्रो पहिचान, कर्णाली संस्कृतिलाई विश्वव्यापी चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापना दिवस मनाएकाे हाे ।
वितेका भएका कामकाे समीक्षा गर्दै,आगामी कार्ययाेजना तयार गर्दै तेस्राे अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे हाे ।
तेस्रो अधिबेशनबाट अध्यक्षमा मोतीलाल बुढामगर निर्विराेध निर्वाचित भएका छन् । कर्णालीबाट कामकाे शिलशिलामा कतारमा रहेकाहरुकाे हितमा वकालत र पैरवी गर्ने जिम्मेवारी माेतिलाल बुढागरले पाएका छन् । उनलेे आफ्नाे क्षामताले भ्याएसम्म कर्णाली प्रदेश समन्वय परिषद कतारकाे बृद्दि विकासमा काम गर्ने बताए । कतारमा रहेका कर्णाली बासीकाे भराेसा केन्द्र बनेकाे परिषदलाई थप शसक्त र प्रभावकारी बनाउन सबैसंग समन्वय सहकार्य गर्ने उनकाे भनाई छ ।
त्यस्तै तेस्राे अधिशेसनबाट परिषद कतारकाे बरिष्ठ उपाध्यक्षमा पुर्ण बहादुर राना निर्वाचित हुँदा उपाध्यक्षहरु तर्फ टंक बिश्वकर्मा , तिलक सिहं ठकुरी, शेर बहादुर रोकाय, पवि कुमारी थापा निर्वाचित भएका छन् ।
साथै महासचिवमा सुरेस केसी, सचिवतर्फ हरिस रावल, प्रकास हमाल, कोषाध्यक्ष यज्ञ बहादुर रावत सह-कोषाध्यक्ष रुपक सिञ्जाली निर्वाचित भएका छन् ।
सदस्यहरुमा तुल बहादुर बिक, निमा रोकाय, खुम बहादुर पुन, देउविर पुन मगर, पुर्ण बहादुर रोकाय, लोकेन्द्र खत्री, मिना डाङगी, परेक सुनार, ओम प्रकास बार्हघरी र दिनेश तिरुवा रहेका छन ।
नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटीका संंयोजक छबिलाल बुढाथोकीले पद तथा गोपनियताको सपथ ग्रहण गरि सकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट नेपाली दूतावास दोहा कतारले एनआरएन एनसीसी र कतारमा स्थापित संस्थाहरूलाई आवश्यकता पर्दा प्रयोग गरे सहयाेग नगरेकाे गुनासाे गरे ।
भट्टले कर्णाली प्रदेश कतारले एनसिसि कतार सङ्ग मिलेर विभिन्न सामाजिक आर्थिक कार्यहरु गरिरहेको र आगामी दिनमा सहकार्यका गर्ने उल्लेख गरे । कतारमा रहेका कर्णालीबासीलाई दुख पर्दा परिषदले गरेकाे कामकाे प्रशंसा समेत गरे ।
कर्णाली प्रदेश समन्वय परिषदले कतारमा छरिएर रहेका कर्णालीबासीलाई एकै ठाउँमा ल्याउने काम गरेकाे छ । तर दुतावाससंग अधिकार भएर पनि अपेक्षाकृत सहयाेग नपाएकाे उनकाे भनाई छ र।
परिषदले नेपाली श्रमिकहरूको हितका लागि काम गरिरहेको भए पनि दूतावासले श्रमिकहरूको लागि सेल्टरको आवश्यकता नभएको जस्ता अभिव्यक्ति दिएकोमा दुःख व्यक्त गरे I
संस्थाका अभिभावक तथा कार्यक्रमका विशेष अतिथि शनि कुमार ओलीले कर्णाली प्रदेश भाषा, सस्कृती,लगायतका सम्भावनाले परिपूर्ण भएपनि राज्यकाे विभेदकारी प्रबृत्तीले कर्णाली पछि परेकाे बताए ।
दुर्गम कर्णालीबाट कतारमा आएकाहरुकाे सुरक्षा गर्नु वकालत गर्नुलाई परिषदे दायित्व र जिम्मेवारीका रुपमा लिनु पर्ने उल्लेख गरे । कार्यक्रममा सहभागीले कर्णाली बासीकाे भराेसा केन्द्र बनेकाे परिषद कतारलाई थप शसक्त बनाउनु पर्नेमा जाेड दिएका छन् ।