प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए । 

मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् । 

केही अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस