जुम्लामा लागू औषध सहित तीन जना पक्राउ

जुम्ला । जुम्लामा लागू औषध नियन्त्रणबारे जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएकाे छ । सडक र सवारीकाे चाप बढेसंगै लागू औषध दुव्र्यसनी बढेपछि प्रहरीले नियन्त्रणका लागि विशेष अभियान चलाएकाे हाे ।

साेही अभियानका क्रममा प्रहरी विभिन्न मितिमा लागू औषध सहित तीन जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा डिएसपी छेदिलाल कामतीले फागुन २० गते दुई जना र फागुन १८ गते एक जना गरि तीन जना लागू औषध सहित पक्राउ परेकाे बताए ।

पत्रकार सम्मेलमा दिईएकाे जानकारीनुसार फागुन २० गते बिहान ११:३० बजेको समयमा चन्दननाथ नगरपालिका वडा नं. ०५ जुगाड खोला नजिक चन्दननाथ नगरपालिकाका वडा नं. १ बस्ने बर्ष २२ क लक्की परियार वडा नं १ मै बस्ने २२ वर्षिय प्रविन परियारले लागु औषध (ट्रमाडोल) सेवन गरेकाे उक्त लागु औषध (ट्रमाडोल) साथमा बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रकाउ गरिएकाे बताए ।

उनीहरुबाट  ट्रमाडाेल क्याप्सुल लेखेकाु ४ (चार) वटा पत्तामा २०/२०  वटा क्याप्सुल जम्मा ४० (चालिस) क्याप्सुल फेला पारी आवश्यक अनुसन्धान कार्य भई रहेकाे छ ।

त्यस्तै  फागुन १८ गते साझं ४ बजेको समयमा  चन्दननाथ नगरपालिका वडा नं. ०७ स्थित भाईरल पुल नजिक सडक खण्डमा लागु औषध (ब्राउन सुगर) सेवन कर्ता र कारोबारीहरु रहेको भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलि उक्त स्थानाम खटी चन्दननाथ ७ बस्ने  २८ वर्षि शर्पराज रावललाई पक्राउ गरिएकाे छ ।

शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी तत्कालै खानतलासी गर्दा १ (एक) पुडिया फेला पारी सो पुडिया खोली हेर्दा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १५० (एक सय पचास) मिलिग्राम बरामद गरी अनुसन्धान भईरहेकाे छ ।

डिजेल चोरीमा संलग्न थप व्यक्ती पक्राउ
फागुन १० गते जुम्ला बजारको बसपार्कमा पार्किङ गरी राखेको टिप्परमा अपरीचित व्यक्तीले सोही टिप्परको तेल हाल्ने ट्याङकीको ताला फोडी ट्याङकीमा रहेको डिजेल चोरी घटनामा संलग्न थप दूई व्यक्तिलाई पक्राउ गरिएकाे छ ।

(डिजल) चोरी कार्यमा संलग्न र ढुवानी गर्ने चन्दननाथ नगरपालिका वडा नं.५ बस्ने ३९ वर्षिय नर बहादुर सुनार र चन्दननाथ वडा नं ५ का २२ वर्षिय डिल्ली कार्किलाई प्रकाउ गरिएकाे छ ।

साथै  क १ हे.१०१ नं. को सवारी अटो रिक्सा नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस