‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’

काठमाडौँ । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट समय लिएर प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने बताएका हुन् । ‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ,’ घिमिरेले भने । 

घिमिरेले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताउँदै आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको बताए । 

उनले जिडिपीको ४०÷ ४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुने घिमिरेको भनाइ थियो ।  नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा जोड दिँदै घिमिरेले छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस