केपी ओली नेतृत्वको विकल्प छैन : मोहनमाया ढकाल

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । अहिले कर्णाली प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राखिरहेका छन् ।
यसै क्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्वको विकल्प नरहेको बताएकी छन् । उनले भनिन् उहाँको नेतृत्वले पार्टीको पहिचान बदलिएको बनाएको छ ।
उहाँले २०५६ देखि २०७० सम्मको राजनीतिक संक्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गरिन् । उनले २०७१ मा भएको नवौं महाधिवेशनपछि ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताइन् ।
उनले भनिन् २०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रुपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको छ ।
२०७७ मा एमाले चोइटिएको, काँग्रेस माओवादीको गठबन्धनका बाबजुरत पनि ओली नेतृत्वकै कारण स्थानीय, प्रदेश र संघमा उल्लेख्य सफलता हासिल भएकै कारण अहिले पनि सरकारको नेतृत्व एमालेले गरिरहेको छ । उनले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रुपमा विकास गर्नका लागि पनि आगामी ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको उनले बताइन् ।
राजनीतिक नेतृत्व उमेरका कारण भन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुने भएकोले सचिवालय र पोलिटव्यूरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य छ ।
जारी बैठक आजै सक्ने तयारी छ । तर अझै ६० जना भन्दा केन्द्रीय सदस्य बोल्ने पालो पर्खिएर बसेका छन् । उनीलाई बोल्नका लागि तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस