जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ३ लिताकाेटमा बाल कचहरी सम्पन्न भएकाे छ । सामाजिक विकृतीका रुपमा रहेकाे बालविवाह न्युनिकरणका लागि लिताकाेटमा विहिबार विहान बाल कचहरी कार्यक्रम सम्पन्न भएकाे हाे ।
अभिभावककाे चेतना अभाव,प्रविधिकाे दुरुपयाेग,देखासिकी,परम्परागत साेच,गरिबी लगायतका कारणले बालविवाह हुने गरेकाे छ । विगतकाे तुलनामा बालविवाह घट्दाे क्रममा रहेपनि सरकारी तथा गैरसरकारी क्षेत्रमा गरेकाे लगानीनुसार अपेक्षाकृत रुपमा न्युनिकरण हुन सकेकाे छैन् ।
यदपी ताताेपानी गाउँपालिकामा किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजनाले बालविवाह न्युनिकरणका लागि विभिन्न गतिविधि गरिरहेकाे छ । गाउँपालिकाकाे समन्वयमा ताताेपानीका सबै वडामा बालक्लब,जनप्रतिनिधि तथा अभिभावक संग समन्वय गरि बाल विवाह विरुद्वका विभिन्न अभियान समेत चलाईएकाे सहयात्रा तेस्राे परियाेजनाका संयाेजक प्रकाश शाहीले बताए ।
विहिबार विहान आयाेजित बाल कचहरीमा ताताेपानी गाउँपालिका वडा नं ३ का अध्यक्ष गाेर्कण रावलले बालविवाह न्युनिकरणका लागि एकल प्रयासले सम्भव नहुने भएकाले सबैकाे साझा पहल जरुरी रहेकाे बताए । उनका अनुसार बाल कचहरीबाट जारी नाैँ बुदे प्रतिबद्वता कार्यान्वयनमा जाेड दिन जरुरी छ ।
जिल्ला समन्वय समितीका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि नरविर सुनारले बालविवाह न्युनिकरणका लागि अभिभावक बढी सचेत हुनु पर्ने उल्लेख गरे । आफ्ना छाेराछाेरीकाे बानी व्यहाेरा नियाल्ने,सम्झाई बुझाई गर्ने विषयमा अभिभावक सचेत हुनु पर्ने उनकाे भनाई छ ।
ताताेपानी स्वास्थ्य चाैकीका ईन्चार्ज जंग रावलले स्वास्थ्य चाैकीमा गर्भ जाँचकाे तथ्यांकलाई हेर्दा बालविवाह बढीरहेकाे बताए । उनका अनुसारका तीन वर्षकाे अवधिमा ३० जना बढी किशाेरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।
बाल बिवाह न्युनीकरणका लागि हाम्रा प्रतिवद्धताहरु तातोपानी गाउँपालिका वडा नं ३ लिताकोट, जुम्ला बालविवाह होइन – शिक्षा, सम्मान र अवसरमा लगानी गरौं। २०८२ श्रावण ११गते १) हाम्रो मान्ने देविदेवतालाई साचि राखी अव देखी हामी बालविवाह गर्ने र गराउने छैनौ । २) बाल विवाहको जन्ती/भोज भतेरजस्ता कार्यहरुमा हामी कोही पनि सहभागी हुने छौनौ । ३) घर, बिद्यालय र वडामा वालविवाह न्युनीकरणका लागि लगानी वढाउने छौ । बालबालिकाको विवाह होईन शिक्षामा लगानी गर्नेछौ । ४) हाम्रा बालबालिकालाई घर, विद्यालय, समुदाय र समाजमा कुनै पनि प्रकारको हिंसा गर्ने छैनौ। ५)२० वर्ष उमेर नपुगी विवाह गर्न खोज्नेको लगन माग्ने वा लगन दिने काम गर्ने छैनौं । ६) बालबालिकाको बिचार र भावनाको कदर गर्न र कुरा सुन्नका लागि हामी घर घरमा पारिवारीक बैठक वस्ने परिपाटीको बिकास गर्नेछौ । ७) घर, समुदाय र छरछिमेकीमा हुने बिभिन्न सार्वजनिक समारोह, जात्रा,रतौली,पैठहरुमा बालविवाहका नकरात्मक असरका वारेमा छलफलको बिषय बताउने छौ । ८) बालविवाह गर्ने र गराउनेहरुलाई कानुनी प्रक्रिया अगाडी बढाउने छौ । ९) बाल बिबाह भएको बेला नजिकको प्रहरी चौकी र नेपाल प्रहरी १०० मा कल गर्नेछौ ।