मुगु । कर्णालीको विकट मुगु जिल्लाको सोरु गाउँपालि का का १ देखि ११ वडा सम्म रहेको सबै विद्यालय म शैक्षिक रूपमा जति विकट र दुर्गम छ। त्यहाँका बालबालिका को शिक्षामा पहुँच पुर्याउन उति नै चुनौती थियो। तर, विगत केही वर्षदेखि सोरु गाउँ पालिका का सबै वडा म रहेका विद्यालयहरू म शैक्षिक र भौतिक अवस्थामा निकै ठूलो परिवर्तन आएको छ। यो सकारात्मक परिवर्तनको सारथि बनेको छ। ग्रामीण सामुदायिक संस्था जि.एस.एस.मुगु।
संस्था ले ‘अस्ट्रेलियाली एड’ को आर्थिक सहयोग तथा ‘यूएमएन’ UMN सँगको साझेदारीमा सञ्चालन गरेको अपाङ्गता अधिकार तथा शिक्षा सुदृढीकरण DREAM परियोजना ग्रामीण क्षेत्रका बालबालिका का लागि साँच्चिकै बरदान सावित भएको स्थानीय बासिन्दाहरू भनाइ रहेको छ जि.एस.एस. मुगुलाई सुरु गाउँपालिकामा रहेका ३९ वटा विद्यालय हरूका विद्यार्थी शिक्षक र त्यहाँका स्थानीय बासीहरूले धन्यवाद समेत भगवान’ सरह मानेका छन।
जिएसएस मुगु र युनाइटेड मिसन टु नेपाल ले बनाएका विद्यालयका भौतिक संरचना अपाङ्गता भएका व्यक्तिहरूलाई सहारा र शैक्षिक क्षेत्रलाई अबलताका साथ गरिरहेको कामलाई निरीक्षण गर्दै जिल्लाबाट सरकारवाला निकायको टोली सहित जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्की नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल जिल्ला शिक्षा मुगुका हाकिम खड्क राज भियाल र विद्यालयको मुहार फेर्ने ती सहयोगि संस्थाहरू
परियोजना अन्तर्गत विद्यालय लाई शैक्षिक सामाग्रीदेखि लिएर ठूला भौतिक संरचना निर्माणसम्मको व्यापक सहयोग प्राप्त भएको छ। विद्यालयलाई प्राप्त प्रमुख सहयोगहरूको विवरण यस प्रकार छ:
भवन तथा भौतिक पूर्वाधार विकास: विद्यालयमा बालबालिकाहरू सुरक्षित र सहज वातावरणमा पढ्न पाऊन् भनी कक्षाकोठाको पि.सि.सि. P.C.C.गर्ने कार्य, विद्यालय वरिपरि मजबुत घेराबार निर्माण तथा सिकाइ कुनाहरूको स्थापना गरिएको छ। घेराबार निर्माणका लागि मात्रै संस्थाले यो वर्ष मात्रै एक करोडभन्दा बढी विद्यालय लाई सहयोग गर्दै आइरहेको छ
खानेपानी तथा सरसफाइमा सुधार: विद्यार्थी र शिक्षकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै खानेपानी प्रणालीको मर्मत सम्भार र सुरक्षित शौचालय निर्माणका विद्यालयमा हिलट्याङ्क र सरसफाइका लागि आवश्यक सामाग्री पनि उपलब्ध गराइएको छ।
शैक्षिक सामाग्री र पुस्तकालय: बालबालिकामा पढ्ने बानीको विकास गर्न ‘लाइब्रेरी बुक कर्नर पुस्तकालय’ स्थापना गरिएको छ। साथै, शैक्षिक सामग्री बाकस, शैक्षिक डायरी, आत्ममूल्याङ्कन किताब र विभिन्न किसिमका शैक्षिक सामाग्रीहरू प्रदान गरिएको छ।
कक्षाकोठा व्यवस्थापन र फर्निचर: विद्यार्थीहरूको बसाइलाई आरामदायी बनाउन कार्पेट कुशन, पि.ओ. फोम, ऐना, ह्वाइट बोर्ड, जुत्ता राख्ने र्याक, डस्टबिन, गिलास, लो-टेबल र कुर्सीहरू लगायतका फर्निचर सामाग्रीहरू उपलब्ध गराइएका छन्। स्थानीय कला र संस्कृतिलाई प्रोत्साहन गर्न स्थानीय फेरुवा समेत प्रदान गरिएको छ।
पारदर्शी र उत्तरदायी प्रक्रिया
संस्थाले उपलब्ध गराएका यी सामाग्रीहरू आर्थिक वर्ष २०७७/०८३देखि सम्म निरन्तर रूपमा विद्यालयलाई हस्तान्तरण गरिँदै आएको छ। संस्थाका तर्फबाट निर्मला रावल, गौकलो धामी लगायतका प्रतिनिधिहरूले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शम्भु प्रसाद शाह र रङ्क बहादुर शाहीलाई पारदर्शी रूपमा सामाग्रीहरू बुझाएका थिए। सामाग्री र संरचना निर्माणमा लाखौँ रुपैयाँको बजेट सदुपयोग भएको विद्यालय प्रशासनले जनाएको छ।
स्थानीयमा छायो खुसी
लामो समयदेखि आधारभूत सुविधाबाट समेत बञ्चित रहेको यो विद्यालयमा जि.एस.एस. मुगुले पुर्याएको सहयोगले विद्यार्थीको उपस्थिति र सिकाइको स्तरमा ठूलो सुधार आएको छ। “सोरु गाउँपालिकाको यो विकट सिड्डी गाउँको विद्यालयलाई जि.एस.एस. मुगुले गरेको यो सहयोग अमूल्य छ। हाम्रा बालबालिकाले अब राम्रो वातावरणमा पढ्न पाएका छन्। यो संस्था हाम्रो गाउँका लागि साँच्चिकै भगवान बनेर आएको हो,” एक स्थानीय अभिभावकले खुसी व्यक्त गर्दै भने।
विकट क्षेत्रका अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्दै विद्यालय सुदृढीकरणमा जि.एस.एस. मुगुले थालेको यो अभियान अन्य दुर्गम क्षेत्रका लागि पनि एउटा अनुकरणीय उदाहरण बनेको छ।




