जनै पूर्णिमा नेपाल लगायत अन्य देशका हिन्दू धर्मावलम्बीहरूले मनाउने एक प्रमुख धार्मिक चाँड हो । यो श्रावण शुक्ल पूर्णिमा अर्थात् साउन महिनाको पूर्णिमा तिथिका दिनमा पर्दछ ।
बिहानै नजिकैको ताल, नदी, तलाउमा गएर वा घरमै “स्नान“ गर्ने परम्परा छ । यसलाई श्रवण स्नान पनि भनिन्छ । यस दिनमा पुरोहित वा ब्राह्मणबाट रक्षा बन्धन अर्थात् डोरो बाँधिन्छ । यस धागोलाई “राखी “वा डोरी “दारी“ भनिन्छ । जसले संकटबाट जोगाउने धार्मिक विश्वाश गरिन्छ । विशेषगरी ब्राह्मण र क्षेत्रीय जातिका पुरुषले पुरानो जनै फेर्ने (नयाँ जनै लगाउने) परम्परा छ । पुरोहितले वेद मन्त्र पढेर जनै फेर्ने विधि गरि दिन्छन् । घरघरमा विशेष गरी क्वाटी (नौ प्रकारका गेडागुडीको झोल) खाने चलन छ । जसले शरीरलाई बलियो बनाउने धार्मिक विश्वास छ । जनै फेर्ने, डोरो, बाँध्ने, क्वाटी खाने मुख्य परम्परा हुन्छ भने शरीर, आत्मा शुद्ध पार्न, सङ्कटबाट रक्षा गर्ने, धार्मिक विश्वास र महत्व रहँदै आएको छ । यसले धार्मिक मूल सन्देश के दिन्छ भने शरीर विचार र व्यवहारलाई पवित्र राख्नु, आफ्ना गुरुप्रति श्रद्धा राख्नु र आफन्त र समाजप्रति शुभकामना र सुरक्षाको भावना पर्दछ । भनिएको छ । जनै पूर्णिमामा धार्मिक, सामाजिक, सांस्कृतिक दृष्टिले र एक समृद्धि पर्व हो । जसले समाजमा तागाधारी समाजको एकता पारिवारिक सम्बन्ध र परम्परालाई जीवित राख्नमा ठूलो भूमिका खेल्दछ । यस पर्वको वैज्ञानिक आधारलाई कसरी समेट्छ भने शारीरिक सरसफाई मानसिक शान्ति पोषण र ऋतु परिवर्तनसँगको अनुकूलता समेटेको छ । तागाधारी समुदायको शारीरिक, मानसिक, स्वास्थ्यको दृष्टिले फाइदा पुर्याउँछ भने पारिवारिक एकता बढाउँछ अनि सामाजिक मान्यतामा मतभेद सिर्जना गरेको पनि पाइन्छ । जुन एकै समाजमा थरीथरी जातिका मानिसहरूलाई तागादारीले राम्ररी मनाउने र मतवाली वा दलित समुदायलाई यस पर्वले कुनै महत्वको अर्थ राख्दैन । यो एक सामाजिक विभेदपूर्ण पर्वको रूपमा मानिन्छ ।
जनै पूर्णिमा पर्व कुनकुन जातिले मनाउँदछन् । जनै पूर्णिमा नेपालको पुर्ण रुपमा तथा भारतको केही भागमा मनाउने महत्वपूर्ण पर्व हो । यो पर्वलाई विभिन्न समुदायले फरक फरक तरिकाले मनाउने गर्दछन् ।
१) ब्राह्मण र क्षेत्रीय (आर्य जातिहरू)ः यी जातिले वर्षदिनमा लगाएको जनै फेरेर नयाँ जनै लगाउँदछन् र ऋषिहरुलाई तर्पण गर्दछन् ।
२) नेवारी समुदाय ः नेवारहरूले यस दिनलाई गुन्ला धर्म अन्तर्गत गुँपुन्ही भनेर मनाउदै उनीहरुले क्वाटी खाने चलन छ ।
३) तामाङ, मगर, गुरुङ, लिम्बु, राई, आदिवासी जनजातिहरु ः यो पर्वलाई धार्मिक भन्दा सांस्कृतिक रूपमा मनाउने गर्दछन् । सबैले जनै फेर्ने चलन भन्ने हुँदैन केही स्थानमा राखी बाँध्ने चलन मात्रै हुन्छ ।
४) महिला र दिदीबहिनीहरूः बहिनीहरूले दाजुलाई राखी बाँध्ने चलन यही दिनमा हुन्छ । जसलाई “राख्या बन्धन“ पनि भनिन्छ ।
५) थारु समुदायः थारू समुदायहरू पनि यो पर्व मनाउँछन् । उनीहरूको विधि र महत्व फरक हुन्छ ।
दलित जातिले जनैपूर्णिमा पर्व नमान्नुको कारण के हो
दलित जातिले जनै पूर्णिमा पर्व नमान्नुको मुख्य कारण यो पर्वसँग सम्बन्धित हिन्दू परम्परा र जातीय विभाजनमा निहित सामाजिक संरचना हो । जनै पूर्णिमा मुख्य तया हिन्दु वर्ण व्यवस्था अन्तर्गत ब्राह्मण क्षेत्री र वैश्यले मात्रै मनाउने पर्व हो । दलित जाति शुद्र वर्णभित्र भएको एक जाति भएकाले जनै पूर्णिमा नमनाउने परम्परा छ । जसले तागाधारी वा जनै लगाउनेले मात्रै मनाउँदछन् । दलित जातिलाई ऐतिहासिक रूपमा जनै फेर्ने र जनै धारण गर्ने अधिकार दिइएन । त्यसै कारणले सामाजिक बहिष्करण र भेदभावका कारणले शुद्र जातिले जनैपूर्णिमा मनाउँदैनन् भन्ने हो । यो पर्व जातीय विभेदको प्रतीकका रूपमा रहँदै आएको छ । तर आजभोलि कानुनी रोकावट भने देखिदैन । दलित समुदायका व्यक्तिले आफ्नो इच्छाले जनै लगाउँछन् भने यसमा कुनै रोग छेक छैन । किनकी धार्मिक अभ्यासहरू अब व्यक्तिगत छनोटका विषय हुँदै गएका छन् । एक धार्मिक स्वतन्त्रको रूप बन्दै गएको छ ।
दलित जातिलाई किन जनै लगाइँदैन
दलित जातिले जनै नलगाएका होइनन् सामाजिक संरचना र हिन्दू वर्णाश्रम व्यवस्थाले लगाउन नदिएको अवस्था हो । यस जातिलाई केवल दासी र शिपकला भएर पनि यो व्यवस्थाले पराधीनतामा बाँच्न बाध्य पारेको अवस्था हो । दलित जातिले जनै नलगाउने मुख्य कारण भनेको धार्मिक, सामाजिक र सांस्कृतिक विभाजनमा आधारित छ । हिन्दू धर्ममा जनै लगाउने प्रथा मुख्यत “द्विजाति“ ब्राह्मण, क्षेत्री र वैष्यका लागि मानिन्छ । दलित जातिहरुलाई वर्णव्यवस्था अनुसार शुद्र श्रेणीमा राखेका थिए । जसले गर्दा यिनिहरुको धार्मिक कर्मकाण्डहरूमा पहुँच सिमित थियो । यसै कारणले गर्दा दलित जातिलाई ऐतिहासिक रूपमा उपनयन, संस्कार गर्ने अवसर दिइएन । अनि जनै लगाउने चलनबाट टाढा राखिएको हो । दलित जातिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि सामाजिक पक्षलाई हेर्दा नेपालमा वर्ण व्यवस्था पेशागत विभाजन र सामाजिक संरचनासँग गहिरो सम्बन्ध राखेको पाइन्छ ।
विभिन्न पक्षहरूमा हेर्दा दलित जातिलाई किन जनै लगाइएन भन्ने मुख्य तया ३ पक्षबाट नियाल्न सकिन्छ ।
१) ऐतिहासिक पक्ष ः दलित जातिले विभिन्न सीप अन्य सामग्री बनाउने पेशा जस्तो अपरिहार्य सीप बोकेका व्यक्तिलाई पेशा समेतलाई नै “अपवित्र“ मानेर विभेद गरी जनै नलगाउने तल्लो जातिमा राखे । त्यसै स्वरूप मल्लकाल, शाहवंशीय कालमा जातीय श्रेणीकरण गरी समाजदेखि अलग्याइयो । सामाजिक पहुँचबाट सीमित राखियो । अनी जनै लगाउन दिइएन ।
२) धार्मिक पक्ष ः वर्ण व्यवस्थामा दलित जातिलाई शुद्रमा राखियो । यस समुदायलाई धार्मिक कर्मकाण्ड (पढ्न, पूजा गर्न, वेद सुन्न ) बाट बञ्चित गरियो । जनै लगाउने कुरै भएन । तर ब्राह्मण, क्षेत्री र वैश्यले मनाउने परम्परा, देवी देवता उही मान्ने तर अरु द्विजातिले जनै लगाउने शुद्रले लगाउन नदिने गरी दबाइयो । जनै लगाउनबाट अलग पारियो ।
३) सामाजिक पक्ष ः दलित जाति भन्ना बित्तिकै विभेद र छुवाछुतको सिकार बनाईयो । सार्वजनिक स्थलमा छेकावट, मन्दिर प्रवेशमा निषेध, सामाजिक व्यवहारमा भेदभाव गरिने र शिक्षा र अवसरबाट वञ्चित गरियो । पछि कुनै ठाउँमा पनि शुद्र वर्णकम मानिसलाई अगाडि बढ्न नपाउने गरी केवल शीप र श्रम शोषण गरेर पराधीनतामा बाँच्न बाध्य गरियो । अलग्गै समुदायको रूपमा हेर्दै जनै लगाउनै अधिकार नै राखियो ।
दलित समुदायलाई जनै नलगाउँदा कस्तो प्रभाव पर्छ
दलित समुदायले जनै नलगाउँदा कुनै वैज्ञानिक वा शारीरिक असर हुँदैन । तर यसको सामाजिक र सांस्कृतिक सन्दर्भमा धार्मिक चिन्तनले अंगालेकोले केही तात्विक भिन्नता भने देखिन्छ । दलित जातिले जनै नलगाउने जाति भनेर अपव्याख्या हुन सक्छ । नेपालमा पौराणिक कालदेखि उच्च जाति भनाउँदाले धार्मिक संस्कारका रूपमा लगाउने परम्परा छ । सार्की जाति भने परम्परागत रूपमा दलित वा अछुत भनेर वर्गीकृत गरिएको शुद्र जातिलाई यो संस्कारबाट अलग गरिएको थियो । जनै लगाउँदा के कति फाइदा बेफाइदा भन्ने कुनै अर्थ नै देखिँदैन । भने जनै नलगाउँदाको प्रभाव यसरी रहन जान्छ ।
क) धार्मिक अधिकारबाट बहिष्कार हुनु परेको ः परम्परागत रूपमा केही धार्मिक क्रियाकलाप (जस्तै ः वेदपाठ, यज्ञ, पूजा) आदि गर्न जनैको आवश्यकता मानिन्थ्यो । यदि जनै नलगाउनेलाई यी कार्यहरूमा भाग लिन नदिने चलन थियो ।
ख) आत्म पहिचान र सम्मानको प्रश्न खडा हुने ः माथिल्ला द्विजातिहरूले धार्मिक पहिचान वा जनैलाई आत्मसम्मानको रुपमा हेर्दथ्ये अझ भन्ने हो भने हिन्दू धर्म संस्कारको सवालमा जनै पूर्णिमा अत्यन्तै विभेदपूर्ण परम्परा र संस्कार भएकोले यसको प्रश्न चिन्ह खडा भएको अवस्था छ ।
ग) सामाजिक भेदभाव हुनु ः त्यतिबेला देखि हिन्दू संस्कार परम्परामा जनै लगाउने र नलगाउनेको आधारमा सामाजिक विभाजन गरिँदै आएको थियो । जसले सार्की जातिलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति बढाएको थियो ।
दलित जातिले जनै नलगाउँदाको असर
विशेष गरेर दलित जातिले जनै नलगाउँदा शारीरिक असर, मानसिक, सामाजिक असर, धार्मिक तथा सांस्कृतिक असरलाई सेलाउँदा निम्न तरिकाले प्रष्ट पार्न सकिन्छ ।
१) शारीरिक असरः
– जनै नलगाउँदा शरीरमा केही असर पर्दैन
– मत खाने भएकाले दलित जातिले जनै लगाउन हुँदैन भन्ने भ्रम सिद्ध छ । जनै लगाएका त्यसो भए ब्राह्मण, क्षेत्रीहरुले मत खाँदै आएको हामीले आँखाले देखेका छौं । अब भन्नु मातको असर जनैमा पर्छ कि पर्दैन ?
– जनै भनेको कपास वा रेशमको डोरी मात्र हो । जसको शरीर र बनावटमा कुनै चिकित्सा प्रभाव हुँदैन ।
२) मानसिक वा सामाजिक असरः
– ऐतिहासिक रूपमा जनै नलगाउने जातिलाई “अयोग्य“ “अशुद्द“ भनिएकाले आत्म सम्मानमा चोट पुगेको छ । तर आज जनै नलगाउने ब्राह्मण क्षेत्री वा वैष्यलाई किन अछुत अयोग्य मानिँदैन ।
– त्यसैले यसको वास्तविक असर समाजमा र हरेक दलित समुदायका मानिसमाथि असर परेकाले यसलाई नयाँ शिक्षित पुस्ताले असमानताको चुनौती दिँदै समान अधिकारको माग गरेको पाइन्छ ।
३) धार्मिक सांस्कृतिक असर ः
– जनै नलगाउने भएकाले दलितले यज्ञ, बेदपाट, ब्राह्मणीय पूजामा भाग लिन नपाउने परम्परा थियो ।
– यसले धार्मिक सहभागितामा भेदभाव ल्यायो जसको असर आज पनि नेपालका थुप्रै ठाउँहरूमा र दलित जातिहरुमा देखिन्छ ।
अन्तत दलित जातिले जनै नलगाउनु वैज्ञानिक कारण होईन सामाजिक परम्परा हो । यसको कुनै शारीरिक असर छैन । तर ऐतिहासिक रूपमा यसले सामाजिक बहिष्कार धार्मिक भेदभाव र मानसिक दबाब सिर्जना गरेको हो । आजको शिक्षित समाजले यस्तो विभेदकारी परम्परा चाड पर्व धार्मिक द्वन्द नभड्काउँला भन्न सकिँदैन र यसलाई पुनर्विचार गर्न जरुरी छ ।
आधुनिक परिपेक्षमा जनै परम्परा धार्मिक प्रतिक बनेको छ । तर वैज्ञानिक वा सामाजिक दृष्टिले यसमा प्रश्न खडा भएको छ । हाल शिक्षा र आध्यात्मिकता सबैको अधिकार हो भन्ने सोचले जनै नभए पनि ज्ञान र धर्ममा भाग लिनु पर्दछ । जनैको कारणले विभेद हुनुहुँदैन भन्ने निचोड हो ।
“जनैको उत्पत्ति“
जनै संस्कृतमा (यज्ञोपवीत) को परम्परा वैदिक युगदेखि सुरु भएको मानिन्छ । जसको उद्देश्य भनेकै वैदिक अध्ययन यज्ञ तथा धार्मिक कार्यहरूमा सहभागी गराउनु हो । यो मनुस्मृति यजुर्वेद र गृहम्सूत्रहरूमा जनैको वर्णन पाइन्छ । जसलाई विद्याको प्रारम्भको रूपमा बालकलाई जनाई लगाइन्छ ।
यसको संरचना ः
१) धागो सङ्ख्या ः प्रारम्भिक जनैमा तीनवटा धागो हुन्छन् । जुन तिन धागो लाई ऋणको प्रतीक मानिन्छ । जस्तो ः
ः ऋषि ऋण (ऋषिहरू प्रतिको कर्तव्य)
ः पितृ ऋण (पूर्वजहरू प्रतिको कर्तव्य)
ः देव ऋण (देवता र प्रकृतिप्रतिको कर्तव्य)
२) गुठी सङ्ख्या ः प्रत्येक धागोमा तीन वटा साना गुठी (पलयतक) हुन्छन् । जसले –गायत्री, सरस्वती, सावित्रीदेवीलाई जनाउँछ ।
३) जनैको बनावट ः जनै सामान्यतया कपास, कहिलेकाहीँ रेशम वा पूजाको जनैमा कुश (दर्भ) प्रयोग गरिन्छ । जनै सधैँ दायाँ काँधबाट दाहिने कुहिनो मुनि लगाइन्छ । जसलाई उपनयन अवस्था भनिन्छ ।
जनै लगाउँदा प्रयोग हुने मन्त्रहरू ः
क) गायत्री मन्त्रः
ॐभुभुर्वःस्व ः
तत्सवितुर्वरेण्य
भर्गाे देवस्य धीमहि
धियो यो नः प्रचोदयात् ।।
यो मन्त्रालय सर्वोत्तम वैदिक मन्त्र मानिन्छ । यसले ज्ञान प्रकाश र विवेक प्राप्तिको कामना गर्दछ ।
ख) यज्ञापवीत मन्त्र ः
यज्ञोपवितं परमं पवित्रं
प्रजापतेर्यत्सहजं पुरस्तात्
आयुष्यमग्रं प्रतिमुञ्ज शुभ्रं
प्रजोपतीतं बलमस्तु तेजः ।।
यसको अर्थ यो यज्ञ पवित्र अत्यन्तै अत्यन्त पवित्र प्रजापतिको मूल शक्ति, बल र तेज, दीर्घायु दिन्छ ।
ग) ब्रम्हाचर्य दीक्षा मन्त्र ः उपनयनको क्रममा बालकलाई ब्रह्माचार्य बनाइन्छ र केही प्रतिबन्धहरू जस्तै (ब्राह्मचर्य पालना, गुरुसेवा) लिइन्छ जसमा यस्ता मन्त्र प्रयोग हुन्छन् ।
गुरुब्रम्हा , गुरुविण्णु …
वदेव देवं सवितारं उपध्ये …।



