गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

समाचार सारांश

  • लगातारको वर्षापछि पहिरो जाँदा गमगढी-बालै-पिना सडकखण्ड दुई महिनादेखि अवरुद्ध भएको छ।
  • सडकमा माटो र ढुङ्गा थुप्रिएका कारण स्थानीय बासिन्दा लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।
  • खाद्यान्न र औषधी ढुवानीमा समस्या भएको छ र सडक खुलाउन कसैको ध्यान पुगेको छैन।

मुगु । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।  खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ । 

स्थानीयवासी  दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको  ध्यान  गएको छैन । 

प्रकाशित मिति : २०८२ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस