जुम्ला । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार चार वटा खेल सम्पन्न भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित फुटबल प्रतियोगितामा मंगलबार प्रि-क्वाटर फाईनल अन्तर्गतका चार खेल भएका हुन् ।
जसमा मंगल भएको पहिलो खेलमा आयोजक (बी) र एन डब्लु (डिसी) बीचको खेलमा एन डब्लु (डिसी) पेनाल्टी मार्फत विजय भएको छ।
त्यस्तै १० बजे भएको दोस्रो खेलमा जनसेवा युवा क्लब (ए) र घोगेसिम युवा क्लब बीच पेनाल्टी सुटआउट मार्फत घोगेसिम युवा क्लब विजय भएको हो। घोगेसिमका दर्पण खत्री म्यान अफ द म्याज भएका छन्
।
साथै दिउँसो १ बजे भएको लेकाली युवा क्लब (ए) चन्दननाथ-४ बीचको टखेलमा लेकाली युवा क्लब(ए) ०-४ गोलको अन्तरले विजय भएको छ। लेकाली युवा क्लबकाअमेस शाही म्यान अफ द् म्याज घोषित भए ।
यसैबीच मंगलबारको अन्तिम खेल निकै रोचक र प्रतिस्प्रर्धात्मक थियो । विहानी यूवा क्लब र तातोपानी एफसी बीच निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो ।
पेनाल्टि सुटआउटमा तातोपानी एफसीलाई हराउँदै विहानी एफसी क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको आठौ दिन सम्म आईपुग्दा सबै खेलहरु मर्यादित रुपमा सम्पन्न भएको प्रतियोगिताका संयोजक राज बहादुर खत्रीले बताए । उनका अनुसार बुधबार पनि चार वटा खेल संचालन हुने छन् । जसको तालिका तल उल्लेख छ ।




