दलित समुदायलाई भोट बैंकका रुपमा हेरिनु गलत

जुम्लामा ७१ हजार ७३९ मतदातामध्ये २४ हजार ३७१ हजार मतदाता दलित समुदायका रहेका छन्

जुम्ला – दलित समुदायलाई निर्वाचनमा भोग बैँकको रुपमा हेरिनु गलत भएको हो । यसको अन्त्य गरिनु पर्ने दलित अगुवा बालाराम नेपालीले बताए । राजनीतिक दलले दलित समुदायलाई चुनावका बेला मात्रै प्राथमिकता दिने गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिको परिवर्तन गर्नुपर्ने आवश्यक रहेको छ, उनले भने ।
उनका अनुसार अरु समय राजनीतिक रूपमा बेवास्ता गरिने दलित समुदायलाई चुनाव नजिकिँदा मत संकलन केन्द्रका रूपमा प्रयोग गर्ने गरिएको छ ।


जुम्लामा एक जना स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि कुनै पनि दलले दलित समुदायबाट उम्मेदवार नबनाएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा समेत दलित समुदायका व्यक्ति नेतृत्वमा नल्याई मत संकलनको माध्यम मात्रै बनाउने प्रवृत्ति रहेको उनको भनाइ छ ।
आगामी निर्वाचनमा पनि दलित समुदायलाई टिकट नदिइए पार्टीभित्रैबाट आवाज उठाउनु पर्ने अवस्था आउने उनले चेतावनी दिएका छन् । चुनावका बेला दलित समुदायलाई सजिलै प्रभावमा पार्न सकिन्छ भन्ने धारणा मतमार्फत बदल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


राज्यको मुलधारबाट पछि पारिएको र लामो समयदेखि उत्पीडनमा परेको समुदायका लागि कुनै पनि राजनीतिक दलले खुला हृदयले सहयोग नगरेको उनले आरोप छ । हामी मत हाल्ने मात्रै होइनौं, उम्मेदवार बन्न पनि सक्षम छौंँ, नेपालीले भने, तर पहुँच र अवसरको अभावले टिकट पाउन कठिन हुने गरेको छ ।
दलित समुदायको वास्तविक मुक्ति नीति निर्माण गर्ने तहमा प्रतिनिधित्व सुनिश्चित भए मात्र सम्भव हुने उनको भनाइ छ । चुनावका बेला दलित समुदायलाई मतदातका लागि मात्रै प्रयोग गर्न खोजिएको जस्तो देखिन्छ । जुम्लामा ७१ हजार ७३९ मतदातामध्ये २४ हजार ३७१ हजार मतदाता दलित समुदायका रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस