अनुभवले खारिएका उम्मेदवार शान्तिलाल, यस्तो छ चार दशकको राजनीतिक यात्रा ! 

जुम्ला । जुम्लाको माघ चिसो मौसम चिर्वाचन ह्वात्तै तातिएको छ । यति बेला देश संगै चुनावमय बनेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु गाउँ केन्द्रित छन् । जुम्लामा एक जना स्वतन्त्र, एक महिला सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । 

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्तिलाल महत हालसम्म नयाँ अनुहार हुन् । चुनावी मैदानमा रहेका मध्य हालसम्म कुनै लाभको पदमा नपुगेका तर निरन्तर समाज रुपान्तरणमा सक्रिय पात्र हुन शान्तिलाल महत । चार दशक लामो समय देखि निन्तर सामाजिक सेवा र राजनीतिमा सक्रिय रहेका महत विवाद रहित पात्र मात्रै होईनन् । राजनीतिलाई पेशा नभई सेवा मुलक बनाउनु पर्छ भन्ने चेतबाट अघि बढिरहेका नेता हुन् ।

नेकपा एमाले जुम्लाको अध्यक्ष समेत रहेका महत लाई फागुन २१ को चुनावका लागि पार्टीबाट सर्वसहमतिले उम्मेदवारका रुपमा अघि सारिएको छ । एकल सिफारिस पछि एमाले पार्टी चुनावमा एक ढिक्का भएर अघि बढीरहेको छ । 

२०५६ सालमा एमाले नेता देविलाल विजयी भएका थिए । त्यसयता जुम्लामा एमालले जनमत राम्रै हुँदा पनि जीत निकाल्न सकेको छैन । झण्डै २६ वर्षपछि जुम्लामा एमालेको विरासत फर्काउने प्रयासमा एमाले छ । सोही अनुसार आफ्ना एजेण्डा लिएर एमालेका उम्मेदवार घरदैलोमै व्यस्त छन् । 

जुम्लाले कुनै पनि निर्वाचनमा प्रतिनिधि सभामा एउटै उम्मेदवारलाई दोर्याएर पठाएको एतिहास छैन् । हरेक चुनावमा नयाँ उम्मेदवारलाई चुनेर पठाउने जुम्लाले यस वर्ष पनि नयाँ अनुहारलाई अनुमोदन गर्ने एमाले ढुक्क छ।

जनता नयाँ एजेण्डा र नयाँ व्यक्तिको पर्खाईमा छन् । एमालेका यूवा नेता नृपेन्द्र महत भन्छन,´त्यो नयाँ अनुहार भनेकै शान्तिलाल महत हुन् । टेष्टड उम्मेदवार भन्दा जनता नयाँ तिर आर्कषित छन् । त्यसैले अबको जीत एमालेको हो ।`

यस्तो छ चार दशकको राजनीतिक यात्रा 

चन्दननाथ नगरपालिका वडा नं ७ मा २०२१ साल असोज ५ गते आमा कृष्णकला महत र बुबा रविलाल महतको कोखबाट जन्मीएका उम्मेदवार शान्तिलाल महत २०३८ सालदेखि राजनीतिमा होमिएका हुन् । 

२०३८ सालबाट पार्टी सदस्यता प्राप्त गरेर राजनीतिमा सक्रिय भएका महत ठ्याक्कै ४४ वर्षपछि संसदीय चुनावी मैदानमा उत्रिएका छन् ।  ४४ वर्षको राजनीतिक अनुभवलाई जुम्लाको समृद्वी र विकासमा लागु गर्ने दृढ संकल्पका साथ महत जनता माझ पुगेका छन् । 

२०३६ सालको जनमत संग्रहमा प्रचार प्रसार संलग्न रहेको, २०३७ सालमा नेपाल क्रान्तिकारी बिद्यार्थी संगठनको सदस्यता प्राप्त गरेको,२०३८ सालको जुम्लाको बिद्यार्थी आन्दोलनमा संलग्न रहेको,२०३८ साल श्रावण महिनामा नेमकिपाबाट भूमिगतरुपमा पार्टि सदस्यता प्राप्त गरेको, २०३८ सालमा सार्वजनिक अपराध मूद्यामा २६ दिन हिरासतमा समेत बसेका थिए ।

२०३९ सालमा ने.म.कि. संगठन मालिका ईकाई कमिटि महत गाउँको सचिव निर्वाचित,२०४३ सालको स्थानिय निर्वाचनमा जनपक्षिय उम्मेरदवार भएर वडा सदस्य पदमा निर्वाचित, २०४५ सालमा नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद सदस्य निर्वाचित भएका थिए ।

२०४६ सालको जन आन्दोलनमा संलग्न, २०४७ सालमा १४ जनाको सामूहिक नेमकिसं बाट अलग हुदा राजिनामाको लेखक, 

२०४७ मा ने.क.पा (माले) गठन गर्न स्थानिय अनेरास्वबियूका बिद्यार्थी श्याम लाल महत र कर्णाली प्राबिधिक शिक्षालयमा कार्यरत लिला बल्लभ सापकोटा संग सम्पर्क गरि पार्टि स्थापना गर्ने सूत्राधार र संस्थापक सदस्य, २०४७ मा तत्कालिन ने.क.पा. (माले) स्थापनाका लागी काठमाण्डौमा पार्टि सम्पर्क स्थापना गर्न भूमिका निर्वाह समेत गरेका थिए ।

२०४७ भदौमा ने.क.पा.(माले)को संस्थापक जिल्ला कमिटि सचिवालय सदस्य,२०४९ सालमा पार्टिको तर्फबाट महत गा.बि.स. वडा न. ४ को वडा अध्यक्षमा बिजयी भएर जनताको काम गरिसकेको अनुभव छ  । 

२०५२ मा सुकुम्वासि समस्या समाधान आयोग जुम्लाको अध्यक्षमा नियूक्त, २०५३ तेश्रो जिल्ला अधिबेशनबाट उप सचिव निर्वाचित, २०५४ मा पार्टिको तर्फबाट पुन वडा अध्यक्षमा निर्वाचित र जिल्ला बिकास समितिको सदस्य निर्वाचित, 

२०५९/६०मा राजाको प्रतिगमन बिरुद्ध आन्दोलनको अग्रमोर्चामा सहभागी ।

२०५९/६०  को प्रतिगमनका विरुद्व गृहमन्त्री कमल थापालाई जुम्लामा कालो झण्डा देखाउने कार्यक्र्रमा उनी गिरफ्तार समेत भएका थिए। 

भने २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको बालाजु क्षेत्रमा सहभागी भएका थिए । २०६५ मा कर्णाली अञ्चल कमिटि सदस्य,२०७३ मा कर्णाली प्रदेश कमिटि सदस्य, २०७४ मा कर्णाली बिकास आयोग सदस्य , २०७४ को चन्दननाथ नगरपालीकाको प्रमूखको उम्मेरदवार, प्रतिस्पर्धी तर पराजित, २०७७ मा जुम्लाबाट पार्टिको केन्द्रिय कमिटि सदस्य मनोनित, २०७७ मा ने.क.पा.(एमाले) जुम्लाको पुनर्गठन को जिल्ला कमिटिको अध्यक्ष भएका भएका थिए ।

भने २०७८ पौष २३ गते आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटि अध्यक्षमा निर्वाचित भए । भने २०८१ बैसाख १५ देखि २१ सम्म भएको नवौं जिल्ला अधिबेशनमा अध्यक्षमा बिजयी हाल पार्टीको कार्यभार समेत सम्हालिरहेका छन् । 

प्रकाशित मिति : २०८२ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस