जुम्ला। प्रगतिशिल लोकतान्त्रिक पार्टी जुम्लाले संकल्प पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रलोपाबाट प्रत्यक्ष तर्फका उम्मेदवार मनऋषि धितालले जुम्लाको समृद्वी र विकासका लागि आबश्यकता र समस्यालाइ मध्यनजर गरी ´समृद्व जुम्लाको साँझा संकल्पपत्र-२०८२` सार्वजनिक गरेका हुन् ।
सोमबार विहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको संकल्पपत्रमा जुम्लाको विकास र समृद्वीका लागि पर्यटन प्रर्बद्वन,पूर्वाधार विकास, स्वास्थ्य शिक्षामा सुधार लगायतका एजेण्डालाई प्रथामिकत दिईएको छ ।
जिल्लाको सम्भावना र आबश्यकतलाई मध्यनजर गरी ८ बुँदा समेटीने गरी संकल्पपत्र सार्वजनिक गरिएको प्रलोपाका उम्मेदवा मनऋषि धितालले बताए । यहाँका ६० वटै वडामा केही नयाँ काम गर्ने गरी योजना तयार पारिएको उनको भनाई छ। बैकल्पीक शक्ति प्रति जनताको आकर्षण बढेकाले जुम्लाको चुनावी नतिजा नसोचेको आउने उल्लेख गरे ।
भाषा सांस्कृति र सभ्यताको विकास र संरक्षणका लागि ´समृद्व ईतिहासको पुर्नजागरणको संकल्प`, राज्यका नीतिमा जुम्लालाई प्रथामिकता दिन ´जुम्लाको नीतिगत नेतृत्वको संकल्प`, जिल्लाको आर्थिक समृद्वी र रोजगारी सृजनाका निम्ती ´पर्यटन विकासको संकल्प` एजेण्डा ल्याईएको छ ।
त्यस्तै जुम्लाको अर्गानिक उत्पादन बृद्वि,आत्मनिर्भर जुम्ला तथा तथा उत्पादनको बृद्वि र बजारीकरणमाजोड दिई आर्यस्तर उकास्न ´कृषि क्रान्तिको संकल्प`, कठिन भूगोलमा समृद्विको सपना बुनिरहेको जुम्लामा डिभिजटल तथा भौतिक कनेक्टीभिट विकासका लागि ´पूर्वाधार विकास संकल्प`लाई समेत प्रथामकिता दिईएको छ ।
साथै अहिले पनि बाटोमै सुत्केरी हुनु पर्ने बाध्यता भोगिरहेका जुम्लाका घरघरमा निशुल्क र गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदानका लागि ´शिक्षा, स्वास्थ्यमा आमुल सुधारको संकल्प`, प्रचुर सम्भावनाका बीच पनि बढ्दो यूवा पलायन, बाझिदै गएको खेती योग्य जमिन,उत्पादन सम्भावना नीति निर्माण लगायतका पक्षमा जोड दिई ´यूवा रोजगारी सृजनाको संकल्प` र जुम्लामा लामो समयदेखि शक्ति र सत्ताको आडमा भईरहेको भ्रष्टचार, नीतिगत अनियमितता अन्त्य र समान अबसर तथा पहुँचका लागि ´सुशासन र।समावेशीकरणको संकल्प गरी जुम्लाको विकास र समृदीका लागि ८ बुदे संकल्पपत्र सार्वजनिक गरिएको छ ।
आगामी चैत १० गते पनि प्रलोपाको नेतृत्वमा विशेष कृषि क्रान्तिको सुरु गर्ने समेत तयारी भईरहेको जनाईएको छ ।



