जुम्ला । सुशासन पारर्दशितामा शुन्यसहन शिलता, विकास निर्माणमा चुस्तता, सेवा प्रवाहमा छिटो छरितो र सरल, नीति निर्माण प्रथामकिता, आबश्यकतामा आधारित विकास र जनताको सरकार हो भन्ने महसुश गरी काम गरिरहेको स्थानीयतह हो, अमरगडी नगरपालिका ।
सुदुर पश्चिम प्रदेशको डडेलधुरा जिल्ला स्थित अमरगडी नगरपालिका जिल्लाका सात पालिका मध्य विकास,निर्माण,सेवा प्रवाह, सुशासन र पार्दशितामा अब्बल नगरपालिका हो ।
अमरगडीले जिल्लाका सात पालिका मध्य हरेक हिसाबले अब्बल हो भन्ने परिचय स्थापित गरिसकेको छ । जुन कुरा देशका सबै स्थानीयतहका लागि अनुसरणीय छ । कार्यसम्पादन मुल्यांकनमा गत वर्ष देशभरकै उत्कृष्ट बनेको अमरगडी नगरपालिका यस वर्ष सुदुर पश्चिम प्रदेशकै उत्कृष्ट बनेको छ ।
सेवा प्रवाहदेखि विकास निर्माणसम्मका १७ वटा सूचकका सबै प्रक्रिया पूरा गरी अमरगडी सुदुरपश्चिमकै नमुना र उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ ।
सिमित स्रोत साधनका बीच निर्धारित लक्ष्य पुरा गर्न मात्र नभई प्रभावकारी सेवा प्रवाह र विकास निर्माणमा अब्बलताको परिचय स्थापित गरेको अमरगढी नगरपालिकाले स्थानीयतह जनताको सरकार हो भन्ने अनुभुति हुने गरी काम गर्दै आएको छ ।
कार्यसम्पादन मूल्यांकनमा गत वर्ष देशभरमै उत्कृष्ट बनेको अमरगढी नगरपालिका यसपटक सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट पालिका घोषित भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अमरगढीले ७७.७९ अंक प्राप्त गर्दै प्रदशकै प्रथम उत्कृष्ट नगरपालिका बनेको छ ।
नतिजाअनुसार दोस्रो स्थानमा अपिहिमाल गाउँपालिका (७६.१४ अंक), तेस्रोमा जोरायल गाउँपालिका (७५.१९ अंक), चौथोमा साइपाल गाउँपालिका (७४.०६ अंक) र पाँचौँ स्थानमा जयपृथ्वी नगरपालिका (७१.४४ अंक) रहेका छन्।
कार्यसम्पादन मूल्यांकनमा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सुशासनका सूचकलाई आधार बनाइ विभिन्न १७ वटा सूचकमा अंक प्रदान गरिने प्रावधान छ ।
कार्यसम्पादन मुल्यांकनमा आउने उत्कृष्ट अंकले पालिकाको कार्यशैली मात्रै झल्काउदैन्, कर्मचारीको कार्य कौशल्ता पनि देखिने गरेको छ । अमरगडी नगरपालिकाको प्रशासनिक कमाण्ड जुम्लाका लक्ष्मी चन्द्र उपाध्यायले सम्हालिरहेका छन् ।
कुशल प्रशासकको छबी बनाएका उपाध्यायले आफ्नो कार्यकौशलता र कर्मचारीबीचको प्रभावकारी समन्वय, सहकार्यको सुखद नतिजा समेत कार्यसम्पादन मुल्यांकनमा देखाउदै समेत आएका छन् ।
´स्थानीयतहमा काम गर्दा नीति भन्दा व्यवहारिक बन्नु पर्ने चुनौती र बाध्यता छ,` उनले भने,´अमरगडी नगरपालिकाले नीतिलाई प्रथामकिता दिदै जनताको काम गरिरहेको छ । कार्यसम्पादनमा देशकै प्रथमदेखि प्रदेशकै उत्कृष्ट हुनुमा जनप्रतिनिधि र कर्मचारीबीचको प्रभावकारी समन्वय सहकार्यको फल हो । यसमा एक्लैको प्रयासले सम्भव छैन् ।`
सिमित स्रोत साधनले असिमित आबश्यकता परिपुर्ति गर्नुपर्ने स्थानीयतहका आफ्नै समस्या छन् । पछिल्लो समय स्थानीयतहको समानीकरण अनुदानको बजेट कटौती हुने समस्या त्यस्तै छ ।
न्युन बजेट, कठिन भूगोल असिमित आबश्यकता, जनचेतनाको अभाव, नीतिगत अप्ठ्यारा र जटिलताका बीच अमरगडीले कार्यसम्पादन मुल्यांकनमा सधै अग्रस्थान हालिल गर्दै आएको कुराले खुसीसंगै थप राम्रो गर्ने जिम्मेवारी र हौसला थपिदै गएको समेत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी चन्द्र उपाध्यायले कर्णाली मिसनलाई जानकारी दिए ।
अगरगडीका मेयर डिल्ली राज जोशी र पार्वती झुकाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय बीचको प्रभावकारी त्रिकोणात्मक समन्वय सहकार्यका कारण नगरपालिका अब्बल बन्दै गएको छ ।



