जुम्लाका ६८ प्रतिशत विद्यार्थी एसइई परीक्षामा उत्तिर्ण

जनता मावि महतगाउँकी दुई छात्राले ल्याइन् ४ जिपिए

जुम्लाका ६८.१६ प्रतिशत विद्यार्थी नियमित तर्फ माध्यामिक शिक्षा परीक्षामा (एइई) उत्तिर्ण भएका छन् । माध्यामिक शिक्षा परीक्षामा (एइइ) जुम्लाका २ हजार १३३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये ६८.१६ प्रतिशत अर्थात एक हजार ४५४ जना विद्यार्थी एइइ परीक्षामा उत्तिर्ण भएका हुन् ।


६७९ जना नन्ग्रेडेड भएका छन् । उनीहरुले ग्रेडबृद्धिको परीक्षा दिनुपर्ने भएको छ । ग्रेडबृद्धिको परीक्षा असार १ गते तोकिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जुम्लाका शिक्षा प्राविधिक खेमराज पन्तले बताए ।


ग्रेडेड विद्यार्थी मध्ये जनता माध्यामिक विद्यालय महत गाउँमा अध्ययनरत दुई जना छात्राले माध्यामिक शिक्षा परीक्षामा (एसइइ) ४ जिपिए ल्याएका छन् । जनता मावि महत गाउँ जिल्लाकै उत्कृष्ठ विद्यालय बनेको छ ।
दुई जना छात्राले ४.०० जिपिए ल्याएर माध्यामिक शिक्षा परीक्षमा जिल्लाकै उत्कृष्ठ भएपछि जनता मावि महतगाउँका प्रधानाध्यापक हरिकृष्ण महतले खुसी व्यक्त गरेका छन् । उनले विद्यार्थी अभिभावक सवै सरोकारवाला व्यक्तिलाई आभार प्रकट गरेका छन् ।


यस्तै ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थी ११६ जना रहेका छन् । ३.२० देखि ३.६० जिपिए ल्याउने ३१५ जना, २.८० देखि ३.२० जिपिए ल्याउने ५९३ जना र २.४० देखि २.८० जिपिए ल्याउने ४१२ जना रहेका छन् । २.०० देखि २.४० जिपिए ल्याउने १८ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस